ताजा अपडेटः

पश्चिम नवलपरासीका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरू

पश्चिम नवलपरासीका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरू प्रकाशित मिति: १४ असार २०८०, बिहीबार २२:४४

नवलपरासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु भएको छ । पहिलो चरण अन्तर्गत आज बर्दघाट नगरपालिकाका भूमिहीन १० दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हाे  ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी, कांग्रेस नेता देवेन्द्रराज कँडेलले भूमिहीनलाई पुर्जा वितरण  गर्नुभएकाे थियाे  । अब क्रमशः जिल्लाका अन्य पालिकामा पनि वितरण गरिने बताइएको छ ।

यसअघिका आयोगले अधुरा राखेका काम र अहिले परेका निवेदनमध्ये १ हजार ९ सय ९६ वटा कित्ताको नाप नक्सा तयार भएको र क्रमशः पुर्जा वितरण गर्दै जाने भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले बताउनुभएकाे छ ।



Ads