ताजा अपडेटः

पश्चिम नवलपरासीमा अवैध सामान सहित साधन बरामद

पश्चिम नवलपरासीमा अवैध सामान सहित साधन बरामद प्रकाशित मिति: १४ असार २०८०, बिहीबार १०:३६

कल्पना खरेल, नवलपरासी । आज बिहान अन्दाजि ८:१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ६ पोखरापालीमा भन्सार छली ल्याएकाे ३ लाख भन्दा बढि अवैध सामान बरामद भएकाे छ ।
लु ८१ प १६५६ नं. मोपेड, UP56E 1329 न. र UP56 X 7370 नं. को मोटरसाइकलमा भन्सार छली हुक्का फ्लेबर ११९ थान र काजु लगायत किराना सामान बरामद गरिएकाे हाे । बरामद गरिएकाे माेपेड दुईवटा माेटरसाइकल र समानकाे मुल्य ३ लाख ८७ हजार १ सय बराबर रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
बरामद गरिएकाे साधन सहित सामानलाई जिल्ला प्रहरी कार्यालय राखिएको र संलग्न मानिसहरु फरार रहेकोले साे विषयमा खोजतलास तथा अनुसन्धान भइरहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads