ताजा अपडेटः

सुनवल नगरपालिकाद्वारा पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा समाराेह

सुनवल नगरपालिकाद्वारा पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा समाराेह प्रकाशित मिति: १३ असार २०८०, बुधबार २२:०४

कल्पना खरेल,नवलपरासी । सामाजिक सुरक्षा,सुसासन न्याय,विकास र समानता समृद्ध नगर सुखि नगरवासी हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सुनवल नगरपालिकाले आज पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा समाराेह सम्पन्न गरेकाे छ ।
साेहि समारोहमा सुनवल स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना प्रतिवेदन पेस गर्दै १५ महिना मुनीका १२४५ बालबालिकालाई पूर्ण खाेप लगाइएको र १६ महिनादेखि ५९ महिनाकाे ३७१४ बालबबालबालिका मध्ये ३७१० जनाले पूर्ण खाेप लगाएका जसमध्ये छुटेका ४ जनालाई घरै पुगेर खाेप लगाईएकाेले कुनैपनि बालबालिका खाेपबाट बन्चित नभएकाे जानकारी दिनुभयाे ।


साेहि क्रममा बाेल्दै समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भगाैती यादवले समाज रूपान्तरणमा शिक्षा सगै स्वास्थकाे पनि उतिनै भूमिका महत्त्वपूर्ण रहेकाले यसप्रति सजक हुन आग्रह गर्नुभयाे ।
देशकाे पहिलाे बालमैत्री नगरपालिका सगै शिक्षामा देखिएकाे विकाश प्रशंसा याेग्य रहेकाे उल्लेख गर्दै अब स्वास्थ्यमा पनि स्थानीयस्तरबाटै सचेत गराउन सके सुनवल नगरपालिकाले एक आयाम रच्ने विश्वास व्यक्त गर्नुभयाे ।


साेहि क्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले घाेषणा गर्नुभन्दा यसलाई टिकाएर राख्नु थप चुनाैतिपूर्ण हुने भन्दै चुनाैतिलाई समाधान गर्नका लागि सामुहिक प्रयासलाई अभियानकाे रूपमा लाग्नुपर्ने धारणा राख्नुभयाे ।
साथै उहाँले स्थानिय समुदायकाे सहभागीता बिना स्वास्थमा सफलता असम्भव रहेकाले जनसहभागिता र स्वास्थ सम्बन्धि जनचेतना आवश्यक रहेकाे टिप्पणी गर्नुभयाे ।


यसैविच जिल्ला स्वास्थ प्रमुख ओम प्रकाश पन्थिले थाेरै राेगहरू उन्मुलन भएकाे र धेरै राेगहरू नियन्त्रण गर्न सक्ने अवस्थामा रहेकाेले स्वास्थका क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै रहेकाे बताउनुभयाे । त्यसका लागि अझ क्रियाशील भई हिडिरहेकाेले ट्रयाक बदल्नुपर्ने बेला आएकाे भन्दै स्वास्थ सन्देशहरू जनस्तरसम्म पुग्न नसकेकाे जिकिर गर्नुभयाे ।
कार्यक्रममा पूर्ण खाेप दिगाेपना तथा सुनिश्चितताका लागि अहाेरात्र खटिने खाेप कार्यक्रममा संलग्न स्वास्थ स्वयम सेविका र स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएकाे थियाे । भने समन्वय समितका अध्यक्ष भगाैती यादव, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला स्वास्थ प्रमुख ओमप्रकाश पन्थीलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।


नगरस्वास्थ उपप्रमुख चुडामणि नेपालकाे संचालन र कार्यपालिका सदस्य भगवती बस्यालकाे स्वागत रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी, नेकपा एमालेका नगर अध्यक्ष दुर्गा नारायण सुवेदी, नेकपा माओवादीका नगर अध्यक्ष माेहन बहादुर कार्की लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नम्बर १,४,५,६ का वडा अध्यक्ष ,कार्यपालिका सदस्य, नेपाली काग्रेंसका नगर उपसभापति रमेश कर्माचार्य ,खानेपानी संस्थानका केन्द्रीय अध्यङ थान प्रसाद गैरे उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष केशव भण्डारी, राष्ट्रिय जनमाेर्चाका जितबहादुर पाैडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शाेभा ढकाल लगाएतकाे सहभागीता रहेकाे थियाे ।

 



Ads