ताजा अपडेटः

ठूलाे मात्रामा सुर्ति सहित माेटरसाइकल र चालक पक्राउ

ठूलाे मात्रामा सुर्ति सहित माेटरसाइकल र चालक पक्राउ प्रकाशित मिति: ११ असार २०८०, सोमबार १७:०७

 

कल्पना खरेल,नवलपरासी । आज बिहान अं. ५:५० बजे जिल्ला नवलपरासी रामग्राम न.पा. ७ उजैनी स्तुपा स्थित अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याईएका रू ५ लाख भन्ला बढि मूल्य बराबरको अबैध सामान बरामद गरिएकाे छ ।
UP 53 D 4578 नं. को मो.सा., UP 53 H 3191 नं.को मो.सा. र लु ४ प ४४०० नं. को मो.सा.मा सुर्ती ल्याउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी .बाट प्र.स.नि. शेर बहादुर थापा को कमाण्डमा खटिएको गस्ती टोलीले सुर्ती, मो.सा. र निम्न मानिसहरु सहित नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिइएका अबैध सामानहरूमा सुर्ती सुपर पावर अं. ३ के.जी. अं. मुल्य रु. ५ लाख ४० हजार , UP 53 D 4578 नं.को होण्डा मो.सा. जसकाे अं. मुल्य रु. १५ हजार , UP 53 H 3191 नं.को RX मो.सा.जसकाे अं. मुल्य रु. १५ हजार , लु ४ प ४४०० डिस्कभर मो.सा जसकाे अं. मुल्य रु. १५ हजार गरी जम्मा अं. मुल्य रु.५ लाख ८५ हजार बराबरको रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिएका सुर्ति, साधन र व्यक्तिहरू लु ४ प ४४०० नं. को मो.सा. चालक जिल्ला नवलपरासी पाल्हीनन्दन ५ गेर्मा बस्ने बर्ष अं. ३७ को बिकाउ बानिया , UP 53 H 3191 नं.को मो.सा. चालक साेहि ठाउँ बस्ने बर्ष अं. २२ को पिन्टु बानिया र UP 53 D 4578 नं.को मो.सा. चालक बर्ष अं. २८ को रामजान शेखलाई आवश्यक कारबाहीका लागि महेशपुर भंसार कार्यालय पठाईएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।



Ads