ताजा अपडेटः

दाङमा झन्डै दुई केजी सुनसहित एक जना पक्राउ

दाङमा झन्डै दुई केजी सुनसहित एक जना पक्राउ प्रकाशित मिति: १० असार २०८०, आईतवार १४:४१

दाङ – दाङमा दुई केजी सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गएराति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको उहाँको भनाइ छ ।

’सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको छ’, थापाले भन्नुभयो ’आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौँ, थप अनुसन्धान भइरहेको छ ।’



Ads