ताजा अपडेटः

बाग्लुङमा लाइसेन्सकाे परीक्षा दिन आएका नक्कली प्रशिक्षार्थी प्रहरी जवान पक्राउ

बाग्लुङमा लाइसेन्सकाे परीक्षा दिन आएका नक्कली प्रशिक्षार्थी प्रहरी जवान पक्राउ प्रकाशित मिति: ९ असार २०८०, शनिबार १५:५८

बाग्लुङ । बाग्लुङमा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज सनिवार  पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

उनी पर्वतको कुश्मा नगरपालिका पकुवा घर भइ अहिले सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।

 रुपन्देहीका सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत नेपाली कास्कीमा रहेकाे सशस्त्रवाहिनीमा कार्यरत छन् ।



Ads