ताजा अपडेटः

सवारी दुर्घटना परि सुस्ताका एक यूवककाे मृत्यु

सवारी दुर्घटना परि सुस्ताका एक यूवककाे मृत्यु प्रकाशित मिति: ७ असार २०८०, बिहीबार १५:५५

कल्पना खरेल,नवलपरासी । गएराती अन्दाजी १०:१५ बजे पश्चिम नवलपरासीकाे बर्दघाट न.पा. ५ बण्डाखोलामा सवारी दुर्घटना हुदा एककाे मृत्यु भएकाे छ ।
साे ठाउँ स्थित पुर्वबाट पश्चिम तर्फ जादै गरेको UP 57 Z 8981 नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक सुस्ता गा.पा. २ बस्ने बर्ष अं. १९ को ओमनारायण चौधरीको मृत्युु भएकाे हाे ।
टाउकोमा गम्भीर चाेट लागेकाे चाैधरीकाे सामुदायिक चिसापानी अस्पताल बर्दघाटबाट थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा बिहान १:४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
मोटरसाइकलमा सवार अन्य दुईजना साेठि ठाउँ बस्ने बर्ष अं. १८ को जयकिसन चौधरी र बर्ष अं. २२ को विसाल मुखियाको शरिरको विभिन्न भागमा चोट लागेकाे तर अवस्था सामान्य रहेकाेले साेहि सामुदायिक चिसापानी अस्पतालमै उपचार भैरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
शव भिम अस्पताल भैरहवामा पोष्टमाटम पश्चात आफन्तलाई बुझाइएकाे छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्र.स.नि. लक्ष्मण रास्कोटीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने मो.सा. प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको छ ।



Ads