ताजा अपडेटः

१२ लाख भन्दा वढि मुल्य बराबरकाे अबैध सामान सहित गाडि  बरामद

कल्पना खरेल
१२ लाख भन्दा वढि मुल्य बराबरकाे अबैध सामान सहित गाडि  बरामद प्रकाशित मिति: ६ असार २०८०, बुधबार १८:१७

कल्पना खरेल,नवलपरासी । आज दिउँसो अन्दाजी १ बजे  विशेष सुचनाको आधारमा पश्चिम नवलपरासीको  रामग्राम न.पा. ५ बाइपास स्थितमा अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउदै गरेकाे अबैध सामान सहित गाडि बरामद गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर के.सी को कमाण्डमा खटिएको प्रहरी टोलीले मो.सा. र कारसहित अबैध सामान बरामद गरेकाे हाे ।
बरामद गरिएका सामानहरूमा  साडी १६ पिस , रू १ हजार का दरले १६ हजार , कुर्ता सुरवाल १३० पिस रू ६ सय का दरले ७८ हजार , टप्स १८८ पिस रू ५ सय का दरले ९४ हजार , लु ३ च ७७७ नं. को CLI Hero कार १ थान जसकाे मूल्य १० लाख,
बोईलर कुखुरा १४ जिउ (२८ के.जी) प्रति केजी ३ सय बराबर ८ हजार ४ सय र भारतिय नं. प्लेट को मोटरसाइकल  (UP 56 P 8556) १ थान रू १५ हजार गरि जम्मा १२ लाख ११ हजार ४ सय बराबरकाे मूल्य रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिइएका अबैध सामान सहित कार चालक जिल्ला रुपन्देही सिद्धार्थ न.पा. ४ बस्ने बर्ष ४५ को अमित कुमार श्रीवास्तव र  मोटसाइकल , कारलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा महेसपुर पठाइएको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।
मोटरसाइकल चालक भने फरार रहेका छन् ।




Ads