ताजा अपडेटः

पश्चिम नवलपरासीमा चट्याङ लागी एककाे मृत्यु

कल्पना खरेल
पश्चिम नवलपरासीमा चट्याङ लागी एककाे मृत्यु प्रकाशित मिति: ५ असार २०८०, मंगलवार १८:१४

कल्पना खरेल,नवलपरासी । आज बिहान अन्दाजी १०:४५ बजे जिल्ला नवलपरासी रामग्राम न.पा. १० नदुवा बस्ने बर्ष अं. ४० को बिनोद कहारकाे मृत्यु भएकाे छ ।
उनको आफ्नै खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागी घाईते भई उपचारको लागी भैरहवा सि.टि. अस्पताल रुपन्देही तर्फ पठाईएकोमा बिहान ११:२० बजे डाक्टरले मृत्यु घोषणा गरेको हाे ।
मृतक जिल्ला पाल्पा पुर्व खोला गा.पा. ५ बिरकोट स्थित बिरकोट आयुर्वेदिक औषधालय बिरकोट पाल्पामा कबिराज निरीक्षक (अधिकृत छैटौ तह) पदमा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएको छ ।
अहिले शवलाई पाेष्टमाटमको लागी जिल्ला अस्पताल परासी ल्याई राखिएको छ ।
उक्त स्थानमा प्रहरी चौकी तोनबाबाट प्रहरी सहायक निरिक्षक थमन बहादुर ठाडाको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा समेत प्रहरी टोली खटिई घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्न गरी अनुसन्धान भइरहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।




Ads