ताजा अपडेटः

हुप्सेकोट गाउँपालिकाका १ सय ५ जना भूमिहीनलाई लालपुर्जा वितरण

हुप्सेकोट गाउँपालिकाका १ सय ५ जना भूमिहीनलाई लालपुर्जा वितरण प्रकाशित मिति: २ असार २०८०, शनिबार २०:१४

नवलपरासी ।  नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर २ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुले जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।

५६ जना भूमिहीन दलित र ४९ जना भूमिहीन सुकुम्बासीहरु गरी एक सय पाँच जनालाई उनीहरु बसेकै ठाउँको जग्गाको लालपुर्जा वितरण गरेको राष्ट्रिय भूमिआयोग जिल्ला समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य सचिव खिमलाल गौतमले जानकारी दिनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा लालपुर्जा वितरण गरेको उहाँले बताउनुभयो ।



Ads