ताजा अपडेटः

दाङकाे शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ८ जना घाइते

दाङकाे शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ८ जना घाइते प्रकाशित मिति: १ असार २०८०, शुक्रबार १३:१५
दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । ८ जना घाइते भएका छन् ।

तुलसीपुरबाट राेल्पाका लागि छुटेकाे रा १ ज ५५६ नम्बरकाे जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको ज्यान गएकाे हाे।

घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ । चार जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Ads