ताजा अपडेटः

पश्चिम नवलपरासीको सुनवलमा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको सुनवलमा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार ०६:४४

कल्पना खरल,नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित बाल्मैन्त्री सिकाइ केन्द्रको सभाहलमा पोषणमैन्त्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापा बहुछेत्रीय पोषण नगर स्तरीय संयोजक सीता भन्डारी, वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष लक्षमण श्रेष्ठ, महिला वडा सदस्य सीता पौडेल, वडा सदस्य कृष्ण केसी, प्रसुराम कवर, मोहन बुढाथोकी,बालकुमारी दर्जी, कुमिसरा बि क, वडा नम्बर १, ४ र १० का वडा सचिब र १, ४ र १० का बहुछेत्रीय पोषण योजना वडा स्तरीय समितिका सम्पुर्ण तथा शहरी स्वास्थ केन्द्रका इन्चार्ज आधारभुत स्वास्थ्य शाखा इन्चार्ज लगाएतको उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण सुनवल योजना शाखा अधिकृत मोहन ज्ञवाली र वडा नम्बर ६ का आधारभुत स्वास्थ्य शाखा इन्चार्ज सपना शर्माले गर्नुभएको थियाे । कार्यक्रमको संचालन बहुछेत्रीय पोषण नगर सहजकर्ता पुरण देवि चौधरीले गर्नु भएको थियो ।