ताजा अपडेटः

नवलपरासीकाे अरुणखाेलामा डुबेर शिक्षककाे ज्यान गयाे

नवलपरासीकाे अरुणखाेलामा डुबेर शिक्षककाे ज्यान गयाे प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार १८:३७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको ज्यान गएकाे छ ।
मध्यबिन्दु नगरपालिका–१४ बतासामा रहेकाे अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको ज्यान गएकाे हाे ।
मृतक सुवेदी मध्यबिन्दु नगरपालिका–१० मा रहेकाे जनता माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्याे । सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएकामा उहाँकाे डुबेर ज्यान गएकाे हाे ।