ताजा अपडेटः

समाचारकाे विश्वसनीयताका लागि डेटा बेसमा पत्रकारीता गर्नुपर्ने राससका अध्यक्ष झाकाे टिप्पणी

समाचारकाे विश्वसनीयताका लागि डेटा बेसमा पत्रकारीता गर्नुपर्ने राससका अध्यक्ष झाकाे टिप्पणी प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार २२:२४

कल्पना खरेल,नवलपरासी । समाचारकाे विश्वसनीयता अझ थप मजबुद बनाउन डेटा बेसमा अब पत्रकारहरू लाग्नुपर्ने जरूरी देखिएकाे छ । पश्चिम नवलपरासीको सुनवल-१३ भुमहीमा आयाेजित २ दिने खाेजी पत्रकारीता तालिममा प्रशिक्षक राससका अध्यक्ष धर्मेन्द्र झाले अब पत्रकार डेटा बेसमा काम नगरे पत्रकारीताकाे सार नहुने बताउनुभएकाे हाे ।
प्रशिक्षणका क्रममा उहाँले पत्रकार, पत्रकार भन्दा पहिले नागरिक भएका कारण समाजमा हुने हरेक गतिविधिमा सहभागी हुनु पहिलाे दायित्व भएकाे जिकिर गर्नुभयाे ।


त्यसैगरी अर्का प्रशिक्षक शेयर काष्ट इनिशियटिभ नेपालका निर्देशक भूमिराज चापागाईंले डेटा बेसमा समाचार तयार गर्न अध्ययनशिल हुनु आवश्य रहकाेले पत्रकारले अब फरक धारमा समाचार तयार गर्नु आवश्यक रहेकाे तर्क राख्नुभयाे ।
उहाँले हरेक क्षेत्रमा भएका गलत र सहि पक्षलाई मुल्यांकन गरेर मात्र समाचार पारदर्शी हुने हुदा पत्रकारहरू स्वयम् एकजुट हुनु जरूरी रहेकाे धारणा राख्नुभयाे ।
त्यस्तै नेपाल पत्रकार महांसघका अध्यक्ष हरि शर्माले पश्चिव नवलपरासीका पत्रकारले तालिम धेरै लिएपनि उपलब्धिमुलक हुन नसकेकाेमा दुख व्यक्त गर्नुभयाे ।
उहाँले पत्रकारीताबाट पनि जिविकाे पार्जन गर्न सकिने धारणा राख्दै सबेेैभन्दा पहिला मेहनत र निखार आवश्यक रहेकाेले निरन्तरकाे प्रयासले सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।
शेयर काष्ट इनिशियटिभ नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी तथा बर्दघाट नगरपालिकाको समन्वयमा भएको तालिममा जिल्ला भित्रका २८ जना पत्रकारको सहभागीता रहेकाे थियाे ।



Ads