ताजा अपडेटः

८३ जना महिलामा गरिएकाे VIA परिक्षणमा ७ लाई देखियाे पाेजेटिभ / थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरियाे

८३ जना महिलामा गरिएकाे VIA परिक्षणमा ७ लाई देखियाे पाेजेटिभ / थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरियाे प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार २०:३८

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल -१, प्रसुती गृहमा आज निशुल्क महिलाहरूकाे पाठेघरकाे मुखकाे क्यान्सर परिक्षण गरिएकाे छ ।
नगरभित्रका ८३ जना महिलाहरूकाे पाठेघरकाे मुखकाे क्यान्सर परिक्षण गरिएकोमा ७० जनाको via जाच आबस्यक भएको थियो।
जसमध्ये ७ जनामा positive आएकाेले थप परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको र अन्य ४० जनालाई सामान्य पाठेघरको समस्या देखिएकाेले निःशुल्क ओैषधी बितरण गरिएको नगर स्वास्थ प्रमुख कृष्णप्रसाद न्याैपानेले बताउनुभयाे ।


Via जाँच भनेको पाठेघर को मुखको क्यान्सरको परीक्षण हो। निशुल्क शिविरमा महिलाहरूकाे डाक्टर लुम्बिनी प्रादेशिक अस्पतालकाे स्त्रि राेग विशेषज्ञ वर्षा पाैडेलले चेकजाच गर्नुभएकाे थियाे ।
भने चिसापानी अस्पताल बर्दघाटबाट नर्सिङ निरिक्षक मिना श्रेष्ठ , स्वास्थ्य कार्यालका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पाैडेलकाे पनि चेकजाचमा विशेष भूमिका रहेकाे थियाे ।
नगरप्रमुख विमला अर्यालले व्यानर पढेर उद्घाटन गर्नुभएकाे शिविरमा बिहान ११ बजेदेखि साझँ ५ बजेसम्म चेकजाँच गरिएको थियाे ।



Ads