ताजा अपडेटः

वार्षिक याेजना तर्जुमाकाे लागि नगर बाल संजाल सुनवल पश्चिम नवलपरासीद्वारा बालभेला सम्पन्न

वार्षिक याेजना तर्जुमाकाे लागि नगर बाल संजाल सुनवल पश्चिम नवलपरासीद्वारा बालभेला सम्पन्न प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार २०:२६

कल्पना खरेल, नवलपरासी । सुखि नेपाली समृद्ध नेपाल , बमल अधिकार सबैकाे सराेकार भन्ने नारा सहित नगर बाल संजाल सुनवल पश्चिम नवलपरासीले वार्षिक याेजना तर्जुमाकाे लागि नगर बालभेला आज सम्पन्न गरेकाे छ ।
नगर बाल संजालका अध्यक्ष लिकिश बुढाथाेकीकाे अध्यक्षता सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीकाे विशिष्ट आतिथ्यतामा उक्त नगर बालभेला सम्पन्न भएकाे हाे ।
बाल भेलालाई सम्बाेधन गर्दै नगरप्रमुख अर्यालले बालबालिका देशकाे भविष्य भएकाले सहि मार्गनिर्देशन र सुझबुझकाे खाचाे रहेकाे टिप्पणी गर्नुभयाे ।


उहाँले बालबालिकाकाे पहिलाे पाठशाला घर र पहिलाे गुरू अभिभावक भएकाले राम्रो आचरणकाे विकाश गर्दै अभिभावकलाई सदैब सम्मान गर्नुपर्ने सुझाब दिनुभयाे ।
सुनवल नगरपालिका देशकै पहिलाे बालमैत्री नगरपालिका भएकाेले बालबालिकाकाे क्षेत्रमा नगर सरकार सचेत रहेकाे जानकारी दिनुभयाे ।


बालबालिकाकाे इच्छा, चाहना , आवश्यकता , चासाे र याेजनालाई समाबेश गरि बार्षिक याेजना तर्जुमा गर्ने लक्ष्य सहित आयाेजना गरिएको भेलामा १३ वटै वडाका वडा अध्यक्ष,१३ वटै नगर बाल संजालका प्रतिनिधि, वडा बाल संजाल, क्लबका प्रतिनिधि , १३ वटै वडाका बाल मैत्री स्वयंसेवक सहित १ सय ३० जना बालबालिकाकाे सहभागीता रहेकाे थियाे ।


नगर बाल संजालकी सचिव कला बस्याल र नगर बाल संजालका सदस्य विराज भट्ट काे संचालन रहेकाे कार्यक्रमकाे सहायक महिला विकाश निरिक्षक द्वय केशरी गैरे र सरिता शर्माले सहजिकरण गर्नुभएकाे थियाे ।

 



Ads