ताजा अपडेटः

मेडिकल बिश्व बिद्यालय स्थापनाका लागी धनगढीकाे गेटमा विद्यार्थी प्रदर्शनमा

मेडिकल बिश्व बिद्यालय स्थापनाका लागी धनगढीकाे गेटमा विद्यार्थी प्रदर्शनमा प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार ०७:४८

प्रदिप न्यौपाने , धनगढी । दशरथचन्द गेटा मेडिकल बिश्वबिद्यालय स्थापनार्थ सघर्ष समितिको अगुवाईमा मेडिकल बिश्व बिद्यालय स्थापनाका लागी धनगढीको गेटामा मंगलबार विराेध प्रदर्शन गरिएको छ।

धनगढी एसपीए क्याम्पसका बिद्याथीहरुले शासकहरुले सुदुरपश्चिमलाई अपहेलना कहिलेसम्म, हामीलाई कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय बिश्व बिद्यालय नै चाहिन्छ भन्दै नाराबाजी गर्दै प्रर्दशन गरेका थिए ।

धनगढीको एसपिए कलेजबाट निकालिएको जुलुस प्रदर्शन ट्राफिक चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५को बजेट भाषणमा एक सय बेडको अस्पताल शुरु गरिने उल्लेख गरेपछि यहाँका नागरिकहरु त्यसको बिरोधमा आन्दोलित बनेका छन् भने प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदबाट निर्णयनै गराएर दशरथचन्द बिज्ञान बिश्वबिद्यालय बनाउने बताएपनि निर्णय बिपरित बजेट आएको भन्दै संघर्ष समिति लगायत बिभिन्न क्षेत्रबाट आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्।

समितिका संयोजक आनन्द भट्टले सबै क्षेत्रका ब्यक्तीहरुका धारणाका लागी सडक बहस कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
बिभिन्न राजनितिक दलका प्रतिनिधी तथा आम नागरिकहरु सहित धनगढी पार्कमोडमा सडक बहस गरिएको थियो । उनीहरुले मेडिकल बिश्वबिद्यालय सञ्चालनका लागी दवाव दिन सडक संगै सदनभित्रपनि आन्दोलन आवश्यक रहेको बताएका छन् ।

आफूले गरेको निर्णयबाट सरकार किन पछि हट्यो भन्ने सरकारले यसलाई प्रादेशिक अस्पतालभन्दा पनि निम्नस्तरको बनाएर चलाउन खोजेको आरोप लगाएका थिय।



Ads