ताजा अपडेटः

सुनवल नगरपालिकाले गर्याे पूर्व वजेट छलफल कार्यक्रम

सुनवल नगरपालिकाले गर्याे पूर्व वजेट छलफल कार्यक्रम प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार २१:५७

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम तयारीका लागी पुर्व बजेट छलफल कार्यक्रम आयाेजना गरेको छ ।

सुनवल नगरपालिकाको दिगाे विकाश लक्ष्यलाई थप सशक्तीकरण बनाउने उदेश्य सहित  नगरभित्र रहेका राजनैतिक दल, वाैद्विक व्यक्तित्व,  विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सगँ सुझाव संकलन गरेको हाे ।


छलफलमा सहभागीहरूले कृषि, उद्योग ,व्यापार व्यवसाय देखि  पर्यटन प्रवद्वनका लागि गाैरबका याेजना सगै धार्मिक र ऐतिहसिक पक्षहरु समेट्न सके आर्थिक पाटाेले पनि सुनवल नगरपालिका  सबल हुने सहभागिहरुले सुझाब दिएका थिए ।


साेहि क्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले छलफलबाट आएका सुझाबहरुलाई समेटेर आगामि नीति ,बजेट तथा कार्यक्रमहरु बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

त्यसका लागि  सम्पूर्ण नगरवासी, वुद्धिजिवी, राजनैतिक दल, निर्वतमान जनप्रतिनिधि, विभिन्न संघसस्था सवैको साथ सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयाे ।


त्यस्तै छलफल कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतले सुनवल नगरपालिकाको विकासका लागी आफ्नो साथ समर्थन सदैब रहेको बताउदै जनाताकाे आवश्यकता हेरेर बजेट बनाउन सुझाव दिनुभयाे ।

छलफलमा बाेल्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले नगरपालिकाको शिक्षा,स्वास्थ र कृषिलाई प्राथमिकतामा राखेर बजेट निर्माण  गर्नुपर्ने धारणा राख्नुभयाे ।

यसैगरी  सुनवल नगरपालिकाका निर्बतमान नगरप्रमुख भिम बहादुर थापाले सुनवल नगरपालिकाको पुर्व गाैरवका योजनाहरुलाई वर्तमान स्थानिय सरकारले पनि  निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयाे ।
उता  राष्ट्रिय भुमि अयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले  सुनवलकाे समग्र विकासको लागी नगर सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयाे ।

नगर उप-प्रमुख सुर्य प्रसाद दुवेको स्वागत र नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालकाे संचालन रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रम सुनवल नगपालिकाका नगरप्रमुख विमला अर्यालको अध्यक्षता तथा  लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतको प्रमुख आथ्यिता सम्पन्न भएकाे हाे ।



Ads