ताजा अपडेटः

श्रीमान श्रीमतीको मृत लास फेला

श्रीमान श्रीमतीको मृत लास फेला प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार १२:१३

कल्पना खरेल, नवलपरासी । आज बिहान अन्दाजी ७:२० बजे पश्चिम नवलपरासीको प्रतापपुर गा.पा. ८ मजुवा मर्चहवामा श्रीमान श्रीमतीको मृत अवस्थामा लास फेला परेकाे छ ।

प्रतापपुर गा.पा. ८ बैरिहवा घर भएका उनीहरू विगत ५-१० वर्षदेखि अन्दाजी ३/४ कि.मि. पुर्व तर्फ साे ठाउँमा गाई भैसी पालेर बसोबास गर्दै आईरहेको बर्ष अन्दाजी ५० का तिलकराज भेडियार र निजकै श्रीमती बर्ष अन्दाजी ५० कि निर्मला भेडियार काे मृत अवस्थामा लास फेला परेकाे हाे ।


दुवै जनाको गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा लास भेटिएकाे थियाे ।
उक्त जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा, ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा SOCO सहित १२ जनाको टोली र जिल्ला प्रहरी कार्यालय बाट proof पराउनुको समेत टोली घटनास्थल पुगेकाे थियाे ।


अहिले दुबै जनाको लाश घट्नास्थलमै रहेको, घटना हुनुको कारण नखुलेको, घटनास्थल सुरक्षित राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभएकाे छ ।

अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक बिनोद सिलवाल र प्रनाउ समेतको टोली खटिगई थप अनुसन्धान भैरहेका समेत डिएसपी पाण्डेले बताउनुभयाे ।
घटनास्थलमा कुकुर सहितको प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको छ । लास धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।



Ads