ताजा अपडेटः

पोखरीमा डुबी एक बालिकाको मृत्यु,एक गम्भीर घाइते

पोखरीमा डुबी एक बालिकाको मृत्यु,एक गम्भीर घाइते प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार १६:०८

कल्पना खरेल , नवलपरासी । आज बिहान अन्दाजी ११:४० बजे पश्चिम नवलपरासीको रामग्राम न.पा.१० नदुवा स्थित निवास केवटकाे माछा पाेखरीमा डुबेर एक बालिकाको मृत्यु भएकाे छ ।

माछा पोखरीमा पौडी खेल्ने क्रममा जिल्ला खोटाङ दिपरुङ गा.पा.-२ घर भई हाल रामग्राम न.पा.१० स्थित पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको छोरी बर्ष अन्दाजी ११ वर्षिय युनिषा खत्रीकाे मृत्यु भएकाे छ भने बर्ष ७ कि मुना खत्री गम्भीर घाइते भएकी छिन् ।

पाेखरीमा डुबी रहेको अवस्थामा स्थानीयले देखि दुबै बालिकालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा बिहान ११:५५ बजे युनिषा खत्रीको डाक्टरले मृत्यु घोषण गरेको हाे ।

मुना खत्रीको अवस्था गम्भीर रहेकोले सामान्य उपचार पश्चात थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयाे ।

घटनाको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटिई थप अनुसन्धान कार्य भई रहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।
उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट अं.३ कि.मि. पश्चिममा रहेकाे छ ।



Ads