ताजा अपडेटः

आज विश्व वातावरण दिवस ” प्लास्टिकजन्य प्रदूषण निर्मूल पाराैँ”

आज विश्व वातावरण दिवस ” प्लास्टिकजन्य प्रदूषण निर्मूल पाराैँ” प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार ०८:४१

नवलपरासी । आज विश्व वातावरण दिवस।  “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।नेपालले २०७२ सालदेखि

नै प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै  ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको भएपनि  कार्यान्वयन भने हुन सकेको छैन । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्रेरित गर्ने उद्देश्य सहित दिवसको याे नारा तय गरिएको हो ।

नेपालको संविधान ०७२ को धारा ३० मा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ ।

संविधानले स्वच्छ वातावरण मौलिक हकमा राखे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित छन्। बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ ।



Ads