ताजा अपडेटः

सवारी दुर्घटना १ काे मृत्यु २ गम्भीर

सवारी दुर्घटना १ काे मृत्यु २ गम्भीर प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार १७:४७

कल्पना खरेल,नवलपरासी  । आज बिहान अन्दाजी ३:५० बजे पश्चिम नवलपरासीको  रामग्राम न.पा. १० मन्झरिया चोक नजिकै हुलाकी सडक खण्डमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु भएकाे छ ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ७० प ४०५४ नं. को मो.सा. लाई लु १ च ६७९९ न को बोलेरो पिक अपले ठक्कर दिदा  मो.सा. मा सवार रामग्राम न.पा. १६ हकुई बस्ने बर्ष अं. ३३ को केशव प्रसाद यादवलाई जिल्ला अस्पताल परासीले बिहान ५:०५ बजे मृत्यु घोषणा गरेको हाे ।

त्यसैगरी मो.सा. मा सवार साेहि ठाउँ बस्ने अन्दाजी ३० वर्षका ईन्दल चौधरीको शरीरको बिभिन्न भागमा चोट लागि अवस्था गम्भीर रहेकाेले  बिहान ५:०० बजे भैरहवा मेडिकल कलेज  रुपन्देही रिफर गरिएकाे  थियाे ।

भने  सोही मो.सा. मा सवार साेहि ठाउँ बस्ने  अन्दाजी  ३०-३५ बर्षका नेम नारायण चौधरीको मुटुमा अचानक समस्या देखिँदा थप उपचारको लागि दिउँसो २ बजे   काठमाण्डौ  रिफर गरिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

दुर्घटनाको खबर प्राप्त हुन साथ प्रहरीकाे टोली घटनास्थल पुगी माेटरसाईकलमा सवार ३ जना गम्भीर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकाे थियाे ।

ठक्कर दिई फरार भएकाे लु १ च ६७९९ को पिकअप गाडी र  चालक जिल्ला रुपन्देही सिद्दार्थ न.पा. ६ बस्ने बर्ष २९ को शंकर कोहारलाई दिउँसो २:१५ मा जिल्ला नवलपरासी सुनवल न.पा. १२ भुमही चोकबाट प्रहरी टोलीले नियन्त्रणमा लिएकाे समेत डिएसपी पाण्डेले बताउनुभयाे  ।



Ads