ताजा अपडेटः

बिरेन्द्र आधारभुत विधालयमा १ दिने निशुल्क स्वास्थ्य शिवीर

बिरेन्द्र आधारभुत विधालयमा १ दिने निशुल्क स्वास्थ्य शिवीर प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार २२:५५

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वडा नं ४ मा अवस्थित बिरेन्द्र आधारभुत विधालयमा १ दिने निशुल्क स्वास्थ्य शिवीर संचालन गरीएकाे छ ।

नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको आयोजना , सुनवल वडा नं ४ को सह-आयोजना र चिरायु हेल्थ होम प्रा. लिको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको हाे ।


नेपाल रेडक्रस सोसाइटी सुनवल शाखाका स्वास्थ्य संयोजक रबिलाल पोख्रेलको अध्यक्षता र सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा भएको स्वास्थ शिविरमा ५ सय ५० स्थानीयबासीले स्वास्थ परिक्षण गराएका थिए ।

साेहि क्रममा बोल्दै नगरप्रमुख अर्यालले यस्ताे किसिमको कार्यक्रमले नगरबासीलाई निशुल्क स्वस्थ्य परिक्षण गर्ने अवसर मिलेको बताउनुभयो ।


साथै उहाँले यस्ता किसिमका कार्यक्रमहरू १३ वटै वडामा विभिन्न समयमा संचालन गरि स्थानीयबासीकाे स्वास्थ समस्या हल गरिने उल्लेख गर्नुभयाे ।

उक्त शिविर कार्यक्रममा जनरल सर्जरी तथा यूरोलोजिस्ट डाक्टर पवन धिताल ,छाला तथा यौन रोग विशेषज्ञ मनोज सपकोटा, महिला तथा प्रसुती विशेषज्ञ डा. बालगोविन्द चौधरी र हाड जोर्नी तथा नशा रोग विशेषज्ञ नाजिर खान गरी १५ जना डाक्टरहरु खटिएका थिए ।


साेहि क्रममा सुगर , प्रेसर , यौनजन्य समस्या लगाएत परिक्षण गरिएको थियो ।

कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी , प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी , नेपाल रेडक्रस सोसाइटी नवलपरासीका जिल्ला उपसभापती कृष्ण प्रसाद लामिछाने ,नेपाल रेडक्रस सोसाइटीका सुनवलका उपशाखा सभापति गोपाल प्रसाद शर्मा लगायत वडा सदस्यहरु लगाएत शुरक्षाकर्मीकाे सहभागीता रहेको थियो ।


शिविर विधालयका प्राचार्य भविश्वर पान्डेयकाे स्वागत र शिक्षक योगेश बस्यालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।