ताजा अपडेटः

गणतन्त्र दिवसकाे उपलक्ष्य पारि जेष्ठ नागरिकलाई सम्मान स्वरूप झुल वितरण

गणतन्त्र दिवसकाे उपलक्ष्य पारि जेष्ठ नागरिकलाई सम्मान स्वरूप झुल वितरण प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार १७:११

कल्पना खरेल, नवलपरासी ।  स्वाठि जेष्ठ नागरिक संचालन उपभोक्ता समिति सुनवल ९ स्वाठि, पश्चिम नवलपरासीकाे आयाेजना तथा सुनवल नगरपालिकाकाे आर्थिक  सहयाेगमा आज जेष्ठ नागरिकलाई झुल  वितरण गरिएको छ ।


राधा कृष्ण मन्दिर सेवा समितिका अध्यक्ष चुडामणि सापकाटाकाे अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष भगाैति यादवकाे प्रमुख आतित्थ्यता तथा सुनवल नगरप्रमुख विमला अर्यालको विशिष्ट आतिथ्यतामा गणतन्त्र दिवस कार्यक्रम अन्तर्गत उक्त झुल वितरण गरिएकाे हाे ।


आर्थिक वर्ष २०७९ /८० काे वार्षिक कार्यक्रम अनुसार नगरपालिकाकाे रू १ लाखकाे बजेट अन्तर्गत  २१५ जना जेष्ठ नागरिक आमाबुबालाई झुल वितरण गरिएकाे हाे ।
९० वर्ष उमेर पूरा पुग्नुभएका ३ जना जेष्ठ नागरिकलाई दाेषल्ला ओढाएर  कार्यक्रमका प्रमुख अतिथि भगाैती यादबले कार्यक्रमकाे   समुद्घाटन गर्नुभएकाे थियाे ।


साेहि कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि भगाैति यादवले बृद्व बुवाआमा प्रति सुनवल नगरपालिकाले गरेकाे नविनतम कामले समाजमा सहि र सकारात्मक प्रभाव पारेकाे जिकिर गर्नुभयाे ।
साथै उहाँले जेष्ठ नागरिक प्रतिकाे याे उच्च सम्मान अरू क्षेत्रका जनप्रतिनिधिले पनि सिक्नुपर्ने आवश्यकता रहेकाे विचार व्यक्त गर्नुभयाे ।


त्यसैगरी कार्यक्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले बृद्व बुवा-आमाकाे लगि सुनवल नगरपालिकाले  १३ वटै वडामा जेष्ठ नागरिक दिवा सेवा संचालन गर्दै आएकाे बताउनुभएकाे छ ।


जहाँ जेष्ठ नागरिकहरूले दिउँसभरी नाचँगान , भजनकृतन गरि एक आपसमा दुख सुख साट्ने र बाढ्ने चाैतारी बनेकाे भन्दै समृद्ध सुनवल र खुसि नगरबासीकाे परिकल्पना सार्थक गर्ने  नगर सरकार लागि परेकाे दावी गर्नुभयाे ।


दिवा सेवा संचालन समितिका संयाजक फर्शुराम पाेख्रेलकाे स्वागत र राधाकृष्ण मन्दिर सेवा समितिकाे सचिव टंकप्रसाद कुवरकाे संचालन रहेकाे कार्यक्रममा विशेष अतिथि  प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि, वडा नम्बर ९ का वडा अध्यक्ष वीरवल चाैधरी ,   राधा कृष्ण सेवा समितिका पूर्व सचिव रामचन्द्र भण्डारी लगायतले बाेल्नु भएकाे थियाे ।


गणतन्त्र दिवसकाे उपलक्ष्य पारि जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम अन्तर्गत गर्मि समयमा  डेङ्गु  जस्ता मक्षरबाट लाग्ने राेग नियन्त्रणका  लागि झुल वितरण गरिएकाे हाे ।



Ads