ताजा अपडेटः

तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुल्याे

तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुल्याे प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार १४:०२

प्रदिप न्याैपाने, धनगढी । धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर मृत्यु भएका युवकको पहिचान खुलेको छ।

उनी डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताउनुभएकाे छ ।

उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए। आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो।

उनीसँगै मन्दिर गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको समेत डीएसपी चन्दले जानकारी दिनुभएकाे छ ।



Ads