ताजा अपडेटः

सुनवल खानेपानीले नवनिर्वाचित कार्यसमिति र लेखा समितिकाे सपग ग्रहण गरायाे

कल्पना खरेल
सुनवल खानेपानीले नवनिर्वाचित कार्यसमिति र लेखा समितिकाे सपग ग्रहण गरायाे प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार ००:४१

कल्पना खरेल,नवलपरासी । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था पश्चिम नवलपरासीको नवनिर्वाचित कार्यसमिति र लेखा समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।

संस्थाका कार्यबाहक अध्यक्ष बल बहादुर थापाको अध्यक्षता एवम् सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नवनियुक्त कार्यसमिति र लेखा समितिका पदाधिकारीलाई अविर , खादा र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

साेहि कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले नवनियुक्त पदाधिकारीलाई सफल कार्यकालकाे सुभकामना व्यक्त गर्नुभएकाे थियाे ।


साथै अर्यालले मानिसकाे स्वास्थ र जिवनसगँ प्रत्यक्ष सराेकार राख्ने खानेपानीको विकास, विस्तार र सहुलियत दरमा उपभोक्तालाई स्वच्छ र सफा खानेपानी वितरणमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्नुपर्ने बताउदै नगर सरकारकाे साथ र हातेमालाे सदैब रहने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद न्याैपानेले , आफ्नाे उम्मेदवारी स्वतन्त्र रहेपनि सबै सगँ साथ र हात उतिकै निस्पक्ष रहने उल्लेख गर्नुभयाे ।

साेहि क्रममै उहाँले बाहिर राजनीतिक आस्था जे जस्ताे रहेपनि संस्थाभित्र एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयाे ।
उहाँले खानेपानीको विकाश, विस्तार र चुनावी एजेन्डालाई नभुलेकाे भन्दै स्थानिय र प्रदेश सरकारसगँ सदैब साथकाे अपेक्षा पनि राख्नुभयाे ।

संस्थाका सचिव हिमलाल पराजुलीको संचालन रहेकाे कार्यक्रममा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकाे प्रति निर्वाचन समितिका संयाेजक रामचन्द्र पाैडेल ,चुडा बहादुर थापा र लेखनाथ गाैतमलाई सम्मान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा महाकवि देवकोटा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, नेकपा मालेका भरत पाण्डे,नेकपा एसका टेक बहादुर पुन,वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी,खानेपानी तथा सरसफाई उपभोक्ता माहासंघ लुम्बिनी प्रदेशका थानप्रसाद गैरे , संस्थाका कार्यवाहक अध्यक्ष बल बहादुर थापा लगाएतले बाेल्नुभएकाे थियाे ।




Ads