ताजा अपडेटः

“शिक्षालाई उमेरले छेक्दैन” भन्ने उदेश्य सहित महिला विद्यालय शुभारम्भ

“शिक्षालाई उमेरले छेक्दैन” भन्ने उदेश्य सहित महिला विद्यालय शुभारम्भ प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार २२:३१

 

कल्पना खरेल, नवलपरासी । “शिक्षालाई उमेरले छेक्दैन” भन्ने उदेश्य सहित आज जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारि लुम्बिनी माध्यमिक विद्यालयमा महिला विद्यालयकाे शुभारम्भ गरिएकाे छ ।

लुम्बिनी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरूङ काे अध्यक्षता, जिल्ला समन्वय समितिका अध्यक्ष भगाैती यादवकाे प्रमुख आतिथ्यता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे विशिष्ट आतिथ्यतामा उक्त महिला विद्यालय शुभारम्भ गरिएकाे हाे ।


कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष भगाैती यादवले पानसमा दियाे बालेर शिलालेख अनावरण गरि विधिगत रूपमा महिला विद्यालयकाे शुभारम्भ भएकाे घाेषणा गर्नुभएकाे थियाे ।

साेहि क्रममा बाेल्दै प्रमुख अतिथि यादवले सुनवल नगरपालिकाले महिला नगरप्रमुख पाएकै कारण महिला विद्यालय स्थापना गर्न सफल रहेकाे उल्लेख गर्दै,राम्रो कामकाे शुरूवात जसले गरेपनि खुलेर प्रशांसा गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।


साथै जिल्ला समन्वय समितिका अध्यक्ष भगउती यादवले महिला विद्यालय स्थापना सगै महिलाका क्षेत्रमा सकारात्मक परिवर्तन र सक्षम विद्यार्थी उत्पादन हुनेमा आफू आशावादी रहेकाे धारणा व्यक्त गर्नुभयाे ।

त्यसैगरी कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले अहिले सम्म १८० जना भन्दा बढि महिला भर्ना भएकाे भन्दै सुनवल काे समृद्धि का लागि महिला शिक्षित हुनुपर्छ भन्ने उदेश्य सहित महिला विद्यालयकाे शुभारम्भ गरिएकाे बताउनुभएकाे थियाे ।


विविध कारणवस माध्यमिक तहसम्मको अध्ययन पुरा गर्न नसकेका महिलाहरुका लागि लुम्विनी माध्यमिक विद्यालयमा सुनवल नगरपालिकाले निशुल्क महिला विद्यालयको शुभारम्भ गरेकाे हाे ।
बच्चाबच्ची स्कूल पठाएर घरधन्दा सकेर ११ वजे विद्यालय जाने र बच्चाबच्ची स्कुलवाट घर नफर्किदै ३ वजे घर फर्किन पाईने गरि कक्षा ४,५, ८ र १० संचालन भएकाे छ ।


मिना शर्मा ढकाल काे स्वागत र विद्यालयका प्राचार्य हुमनाथ सुवेदीको संचालन रहेकाे कार्यक्रममा विद्यार्थी स्मृति सापकाेटा, मनु केसि, शैनामैनाया गाेरखनाथ महिला विद्यालयकी अध्यक्ष लता खत्री कार्कि , अन्तर महिला संजाल कि अध्यक्ष टिचन गुरूङ, उद्योग वाणिज्य संघका केशव भण्डारी, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, नेकपा एमाले जिल्ला उपाध्यक्ष डाेलराज भण्डारी,पूर्व नगरप्रमुख भिम बहादुर थापा भरत,प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, नगर उप-प्रमुख सूर्य प्रसाद दुवे लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads