ताजा अपडेटः

पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार २०:५८

कल्पना खरेल, नवलपरासी । पत्रकार महिलाहरूका लागि चार दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएकाे छ ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयाेजना तथा सुनवल नगरपालिकाकाे सहयाेगमा संचालिन तालिम आज एक कार्यक्रमका बिच सम्पन्न भएकाे हाे ।


कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले तालिमकाे प्रभावकारीता का विषयमा सहभागीलाई प्रश्न गर्दै महिला पत्रकारलाई चुनाैती र अवसर दुवै रहेकाे टिप्पणी गर्नुभयाे ।

त्यसैगरी कार्यक्रममा अबका दिनका नेपाल पत्रकार महासंघले कस्ता तालिमहरू ल्याउदा अझ प्रभावकारी बन्न सक्छ भन्ने विषयमा समेत समीक्षा गरिएकाे थियाे ।


जिल्ला भित्रका २० जना महिला पत्रकारको सहभागिता रहेकाे तालिमको मुख्य प्रशिक्षक कान्तिपुर व्यूराे बुटवलकाे सन्जु पाैडेल र इन्दिरा अर्याल रहनुभएकाे थियाे ।

सहभागिले भने ४ दिने तालिमले पत्रकारीता क्षेत्रमा केही गर्ने थप उर्जा मिलेकाे अभिव्यक्ति दिएका थिए ।



Ads