ताजा अपडेटः

पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम आजबाट शुरू

पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम आजबाट शुरू प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार २१:२४

कल्पना खरेल, नवलपरासी । पत्रकार महिलाहरूका लागि चार दिने क्षमता अभिवृद्धि तालिम आजबाट पश्चिम नवलपरासीको सुनवलमा शुरू भएकाे छ ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता, सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतित्थता तथा नगर उपप्रमुख सूर्य प्रसाद दुवेकाे विशिष्ट आतिथ्यतामा भएकाे क्षमता अभिवृद्धि तालिममा जिल्ला भित्रका क्रियाशील महिला पत्रकार र भरखर संचार क्षेत्रमा प्रवेश गर्नुभएका महिला पत्रकार तथा महिला संचारकर्मिहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगरप्रमुख विमला अर्यालले,सुनवल नगरपालिकाले याे १ वर्षमा महिलाका क्षेत्रमा र थुप्रै जनपक्षिय कामहरू गरेर देखाएकाे उल्लेख गर्दै, सहि सत्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयाे ।


साथै उहाँले नगरसरकार र पत्रकार भनेकाे नङ र मासुकाे सम्बन्ध रहेकाले हातेमालो गरेर अगाडि बढे अबकाे ४ बर्षमा सुखि नगरबासी र समृद्ध समाजकाे परिकल्पना संभव रहेकाे टिप्पणी गर्नुभयाे ।


त्यसैगरि साेहि क्रममा बाेल्दै नगर उपप्रमुख सूर्यप्रसाद दुवेले मेयर र उपमेयर विचकाे विमति छ भनेर केहि भ्रामक समाचार बाहिर आएकाे प्रति खेद प्रकट गर्दै हरेक विकाश निर्माणका काममा एकले अर्काेलाई साथ, सर्पाेट र सहकार्य गर्दै अगाडि बढेकाले बाहिरी हल्लामा कत्तिपनि सत्यता नरहेकाे जिकिर गर्नुभयाे ।


उता पत्रकार महासंघका अध्यक्ष हरि शर्माले नेपाल पत्रकार महासंघले विगतका वर्षदेखि नै जिल्लाका सबै स्थानिय तह सगँ समन्वय गरेर विभिन्न तालिमहरूकाे आयाेजना गर्दै आएकाे बताउदै ,महिला पत्रकारलाई चुनाैती र अबसर उतिकै रहेकाे उल्लेख गर्नुभयाे ।


साथै अध्यक्ष शर्माले महिलाका लागि महिला प्रशिक्षार्थीले तालिम दिदा अझ फलदायी हुने विश्वास व्यक्त गर्दै साेहि अनुरूप महिला प्रशिक्षार्थी राखिएकाे समेत तर्क राख्नुभयाे ।


कान्तिपुर व्यूराे बुटवलबाट सन्जु पाैडेल मुख्य प्रशिक्षक रहनुभएकाे आजकाे कार्यक्रममा पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य पुरूषाेत्तम सुवेदी, प्रेस चाैतारी नेपाल का अध्यक्ष मेघराज गाैतम,सुनवल नगरपालिकाका सव- इन्जिनियर रेशम शर्मा,पत्रकार महासंघकी जिल्ला सदस्य इन्दिरा विश्वकर्मा, संचारीका समूह पश्चिम नवलपरासीको अध्यक्ष विष्णु खनाल भण्डारी  लगायतले बाेल्नुभएकाे थियाे ।



Ads