ताजा अपडेटः

छैठौं मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा वडा नम्बर १३ विजयी

कल्पना खरेल
छैठौं मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा वडा नम्बर १३ विजयी प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार २०:४५

कल्पना खरेल, सुनवल । आज भएकाे  छैठौं मेहर कप फुटबल प्रतियोगितामा वडा नम्बर १३ विजयी भएकाे छ ।
वडा नम्बर २ सगँ भएकाे प्रतिस्पर्धात्मक खेलमा सानदार खेल प्रर्दशन गरेकाे वडा नम्बर १३ ले शून्यका विरूद्व ५ गाेल गर्दै सानदार जित हात पारेकाे हाे ।


आजको खेलमा वडा नं १३ का जर्सी नं ७ का खेलाडी विनोद भट्टराई म्यान अफ दि म्याच घोषित भएका थिए ।


छैठौं मेहर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनकाे अध्यक्षता तथा वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र यादवकाे प्रमुुख आतिथ्यतामा भएकाे खेलमा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनी, ४ का पूर्व वडा अध्यक्ष , वडा सदस्य  लगाएत खेलप्रेमी दर्शककाे उल्लेख उपस्थिती रहेकाे थियाे ।


सुनवल  १० गैडाखाल फुटवल खेलमैदानमा भइरहेकाे मेयर कप फुटबल प्रतियोगिताकाे भोलिकाे खेल वडा नम्बर ३ र  वडा नम्बर ४ बिच प्रतिस्पर्धा हुने आयाेजक समितिले जनाएकाे छ ।




Ads