ताजा अपडेटः

छैठौं मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा वडा नम्बर १२ विजयी

छैठौं मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आजकाे खेलमा वडा नम्बर १२ विजयी प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार २३:५१

कल्पना खरेल, सुनवल । आज भएकाे  छैठौं मेहर कप फुटबल प्रतियोगितामा वडा नम्बर १२ ल विजयी भएकाे छ ।

वडा नम्बर ११ सगँ भएकाे प्रतिस्पर्धात्मक खेलमा सानदार खेल प्रर्दशन गरेका दुवै टिमले खेल अवधिभर १-१ काे बराबरी गरपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।

जसमा वडा नम्बर १२ विजयी भएकाे हाे।
छैठौं मेहर कप उपभोक्ता समितिका अध्यक्ष जित बहादुर पुनकाे अध्यक्षता तथा वडा नम्बर ११ र १२ का वडा अध्यक्ष कमल प्रसाद चुवाई  र चुडामणि पाैडेल दिपककाे प्रमुख आतिथ्यतामा भएमाे खेलमा वडा नम्बर २,३ र ४  का वडा अध्यक्ष ,जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरूङ्ग लगाएत खेलप्रेमी दर्शककाे उल्लेख उपस्थिती रहेकाे थियाे ।

आजकाे खेलकाे  वडा नम्बर ११ का जर्सि नम्बर १० का खेलाडी सागर कुमाल म्यान अफ द म्याच घाेषित भएका छन् ।

सुनवल  १० गैडाखाल फुटवल खेलमैदानमा भइरहेकाे मेयर कप फुटबलकाे भोलिकाे खेल वडा नम्बर २ र वडा नम्बर १३ बिच प्रतिस्पर्धा  हुने आयाेजक समितिले जनाएकाे छ ।



Ads