ताजा अपडेटः

रमापुर मा.वि. मा मतदान अभ्यास कार्यक्रम सम्पन्न

रमापुर मा.वि. मा मतदान अभ्यास कार्यक्रम सम्पन्न प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार १०:०७

कल्पना खरेल,नवलपरासी । भनेका कुरा भन्दा गरेकाे अभ्यास जिवनभर सीप हुन्छ भन्ने उदेश्य सहित रमापुर माध्यामिक विद्यालयले प्रजातान्त्रिक प्रणालीमा मतदान अभ्यास सम्पन्न गरेकाे छ ।


जुनियर रेडक्रस सर्कल पुनर्गठन गर्ने क्रममा साप्ताहिक कार्यक्रम नै बनाएर निर्वाचन प्रणालीका बारेमा विद्यार्थीलाई अभ्यस्त बनाउने उदेश्य सहित यस्ताे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।


कार्यक्रममा मतदाता नामावली,प्रकाशन,उमेद्ववारी दर्ता, उमेद्ववारी फिर्ता , चुनाव प्रचार-प्रसार तथा मतदान प्रशिक्षण कार्यक्रम , माैन अवधि  जस्ता निर्वाचन प्रकृयाका सम्पूर्ण विधि बारे सम्पूर्ण विद्यार्थीलाई क्रियाकलाप गराइएको थियाे ।


शिक्षक नायक सुनिता थापालाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरि दुईवटा बुथमा संचालन गरिएको उक्त मतदान कार्यमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ९ सम्म ३१६ विद्यार्थी मध्ये ३०६ जना विद्यार्थीहरूले मतदान गरेका थिए ।


खसेका मतमध्ये १९ वटा मत मात्र  बदर भएकाले यस्ता अभ्यासले देशमा हुने विभिन्न निर्वाचनमा बदर मत संख्या घटाउन थप मद्दत पुग्ने विद्यालयका प्राचार्य फान प्रसाद श्रेष्ठले बताउनुभएकाे छ ।

१३ वटा विभिन्न पदका लागि भएका उक्त मतदानबाट जु.रे. स. सभापतिमा कमल गिरीले १८२ मत ल्याई निर्वाचित हुनुभएकाे छ भने  उपसभापतिमा  कुशल पंगेनीले ७९ मत र सचवमा प्रिया बस्नेतले ९६ मत , सहसचिवमा काेशिश शर्मा १०३ मत, काेषाध्यक्षमा प्रिस ढकाल ७४ मत , सहकाेषाध्यक्षमा कृतिका लामिछाने १९२ मत ल्याइ विजयी हुनुभएकाे थियाे ।


त्यसैगरी सदस्यहरूमा प्रतीक जि.सी . ७५ मत,  ईश्वरी ढकाल ६७ मत , सुदिप क्षेत्री ६२ मत , माेहन बराल ६० मत , युज सुवेदी र रमजान देवान ५७-५७ मत र सङ्गिता राना ५९ मत सहित निर्वाचित भएका थिए ।


यस्ता किसिमका अभ्यासले नयाँ सिकाई र अनुभव बटुल्न सकिएकाे सहभागी विद्यार्थीहरूले बताएका छन् ।



Ads