ताजा अपडेटः

सुनवल खानेपानीकाे चुनावमा दाेब्बर मतका साथ  खरायाे विजयी / उपभोक्ताले  खाेजे नयाँ अनुहार

कल्पना खरेल
सुनवल खानेपानीकाे चुनावमा दाेब्बर मतका साथ  खरायाे विजयी / उपभोक्ताले  खाेजे नयाँ अनुहार प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार १८:१८

कल्पना खरेल , नवलपरासी ।  सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे चुनावमा दाेब्बर मतका साथ खरायाे विजयी भएकाे छ ।

आज दिउँसाे मतगणना सम्पन्न भएकाे घाेषणा गर्दै निर्वाचन समितिका संयाेजक रामचन्द्र पाैडेलले अध्यक्ष पदमा दाेब्बर  १३०९ मत सहित विष्णु प्रसाद न्याैपाने  खरायाे चुनाव चिन्ह सहित विजयी भएकाे घाेषणा गर्नुभएकाे थियाे ।


त्यसैगरी कार्यसमितिकाे उपाध्यक्षमा ८३५ मत सहित हिमलाल पराजुली चुनाव चिन्ह मुडा, सचिवमा ६४५ मत सहित मुक्ति बहादुर भण्डारी चुनाव चिन्ह जेब्रा,काेषाध्यक्षमा १०९१ मत सहित दिल कुमारी बुढा मगर चुनाव चिन्ह नरिवल सहित  विजयी भएका छन् ।

त्यसैगरी सदस्यमा महिला आरक्षण तर्फ ११२९ मत सहित गिता पाैडेल चुनाव चिन्ह कैँची,७८९ मत सहित भिमादेवी पाण्डे  चुनाव चिन्ह स्कुटर र ७४४ मत सहित गाेमा आचार्य चुनाव चिन्ह भगेराे सहित विजयी भएका छन् ।


भने खुल्ला सदस्य तर्फ ९०९ मत सहित संजय कुमार श्रेष्ठ चुनाव चिन्ह क्यामरा, ७०५ मत सहित विष्णु प्रसाद पाैडेल  चुनाव चिन्ह सिलिन्डर ग्यास , ६४४ मत सहित साेम बहादुर पाैडेल चुनाव चिन्ह पिलास र ५८९ मत सहित छन्न प्रसाद श्रेष्ठ  चनाव चिन्ह खाम  सहित  विजयी भएका हुन् ।


त्यसैगरी लेखा समिति तर्फ लेखा समिति संयाेजकमा ८१० मत सहित मुक्तिराम भण्डारी चुनाव चिन्ह उट लिएर विजयी भएका छन् भने लेखा समिति सदस्य महिला आरक्षण तर्फ १०९७ मत सहित सीता पाैडेल चापागाईं चुनाव चिन्ह कुकर र लेखा समिति सदस्य खुला तर्फ १०६८ मत सहित नारायण सापकाेटा चुनाव चिन्ह टुल लिएर विजयी भएका छन् ।


विजयी उमेद्ववारहरूलाई हेर्दा लाग्छ सुनवल नगरवासी नयाँ अनुहार खाेजिरहेका छन्  । विजय उत्सब मनाइरहेका विजयी टिमलाई खानेपानी उपभोक्ताले दिएकाे गरूङ्गाे जिम्मेवारी हाे याे …..सेवा गर्न जानुभएका तपाईंहरू अब सम्झनुहाेस्  प्रत्येकले आफ्नाे घाेषणापत्र
नयाँ अनुहार सगै खानेपानीमा उपभोक्तालाई राहत,शुद्व खानेपानीकाे व्यवस्था , खानेपानीकाे विस्तार,खानेपानी संस्थाकाे स्तर उन्नतिमा ध्यान दिई याे विजयी टिमले एउटा इतिहास रच्न सकाेस् हाेम्राे शुभकामना ।
३८५९ ग्राहक संख्या रहेकाेमा २५३९ मत खसेकाे थियाे ।




Ads