ताजा अपडेटः

सुनवल खानेपानीकाे चुनावी तयारी पूरा / अशक्त र वृद्धका लागि लाइन बस्न नपर्ने

सुनवल खानेपानीकाे चुनावी तयारी पूरा / अशक्त र वृद्धका लागि लाइन बस्न नपर्ने प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार १९:३९

कल्पना खरेल , नवलपरासी । यतिबेला सुनवल चुनावी माहाेलले तातेकाे छ । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सुनवल १ पश्चिम नवलपरासीको भाेलि अर्थात जेष्ठ ४ गते हुने कार्यसमिति र लेखा समितकाे निर्वाचनले गर्दा सुनवल बजार भरी खानेपानी कै चुनावकाे चर्चा परिचर्चाकाे राैनक छाएकाे छ ।

काेहि भन्छन् हाम्रोलाई हाेइन् राम्राेलाई दिनेहाे त काेहि भन्छन् नयाँ अनुहार हेर्ने मन छ , काेहि भन्छन् स्वतन्त्रलाई जिताउनुपर्छ त काेहि भनिरहेेका छन् …राजनीति दलबाट उठेकालाई जिताए बजेट राम्रो ल्याउने थिए तर जित कसकाे पाेल्टाेमा जान्छ भन्न सक्ने अवस्था छैन ।

तर उमेद्ववारी दिनुभएका ३८ जना उमेदवारले भने आफुलाई जिताउन झुण्ड झुण्ड सगँ कम्मर कसेर आजकाे दिनसम्म प्रचार प्रसारमा लागिरहनुभएकाे थियाे ।
२०६५ साल माघ १ गते देखि ६ सय उपभोक्ताबाट खानेपानी सेवा सुरू गरेकाे यस संस्थाले अहिलेसम्म आइपुग्दा सहमतिमै कार्यसमिति चयन गर्दै आएकाे थियाे ।

तर त्याे इतिहासलाई ताेड्दै याे पटक भने माहाेल बद्लिएकाे छ । खै किन हाे कुन्नि खानेपानी जस्ताे सेवामुखि काममा पनि भागवण्डाकाे लुछाचुडि देखिएकाे छ ।
चुनावमा दुई सयुक्त प्यालन भन्दै हाेमिएका छन् भने केही असन्तुष्टि पक्षले स्वतन्त्र भन्दै उमेदवारी दिएका छन् ।

१ धारा १ मतकाे अवधारणा सहित ल्याइएकाे अहिलेकाे चुनावमा मत प्रयाेग गर्ने ग्राहककाे संख्या ३८५९ जना रहेका छन् ।
उता सुनवल खानेपानी निर्वाचन समितिका संयाेजक रामचन्द्र पाैडेलले भने निर्वाचनकाे तयारी पूरा भैसकेकाे नवलपरासी खबरलाई जानकारी दिनुभएकाे छ ।

भाेलि सुनवल १ काे वडा कार्यालयमा बिहान ८ बजेदेखि साझँ ५ बजेसम्म चुनाब हुने बताईएकाे छ । ४ वटा बुथ छुट्टाइएकाे र प्रत्येक बुथमा महिला पुरूष लाइबद्व गरेर भाेट हाल्न मिल्ने व्यवस्था गरिएकाे समेत निर्वाचन समितिका संयाेजक पाैडेलले बताउनुभयाे ।

साथै उहाँले नागरिकता,पासपोर्ट, ड्राइभिङ लाइसेन्स साथमा भए भाेट हाल्न पाइने र अशक्त,बृद्व उपभोक्ताकाे लागि लाइनमा बस्न नपर्ने व्यवस्था मिलाईएकाे समेत जानकारी दिनुभएकाे छ ।


सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा प्रशासन र प्राविधिक तर्फगरी ११ जना कर्मचारी कार्यरत रेहेकाे र सुनवल नगरपालिका क्षेत्रभित्रका वडा नम्बर १,२,३,४,६ र १० मा खानेपानी सेवा प्रवाह गर्दै आएकाे संस्थाले जनाएकाे छ ।

आउनुस् याे चुनावमा बाजि कसले मार्छ भन्ने कुरा एकिन गर्न कठिन भएपनि निर्वाचन निष्पक्ष , बिवाद रहित , जनपक्षिय र सस्थाको मर्म, उद्देश्य र हितलाई बुझेर काम गर्न सक्ने नेतृत्व उपभोक्ताले चयन गरून् हाम्रो शुभकामना ।



Ads