ताजा अपडेटः

११ लाख भन्दा वढिकाे अवैध कपडा समातियाे

११ लाख भन्दा वढिकाे अवैध कपडा समातियाे प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलवार १२:३६

कल्पना खरेल,नवलपरासी । आज बिहान अन्दाजी ८:३० बजे पश्चिम नवलपरासीकाे बर्दघाट न.पा. ४ TCN चोक स्थित दक्षिणबाट उत्तर तर्फ ३ वटा मो.सा.मा सामान राखी ल्याउदै गरेको अबैध सामान बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरीक्षक बिरेन्द्र के.सी.को कमाण्डमा खटिएको चेकिङ टोलीलाई देखी उक्त सामान सोही स्थानमा छाडी मोटरसाइकल लिई फरार भएकोमा उक्त सामान नियन्त्रणमा लिइएको हाे ।


नियन्त्रणमा लिइएकाे अबैध सामानहरूमा टिसर्ट ६२७ पिस अन्दाजी मुल्य रु. ५ लाख १ हजार ६ सय, सेण्डो भेष्ट ४९० पिस ४९ हजार , लेडिज कुर्था ७३४ पिस ५ लाख १३ हजार ८ सय, जेन्स कुर्था ६० पिस ६० हजार गरी जम्मा मुल्य रु. ११ लाख २४ हजार ४ सय बराबरको रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

नियन्त्रणमा लिइएको अबैध कपडा ईलाका प्रहरी कार्यालय बर्दघाटमा ल्याई भन्सार कार्यालय महेशपुर बुझाउने कार्य भईरेहको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।

उक्त सामान ल्याउने कार्यमा संलग्न मोटरसाइकल तथा मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान भएरहेको छ



Ads