ताजा अपडेटः

दक्षिण कोरिया स्थानिय सरकारद्वारा मनोज चापागाई सम्मानित

दक्षिण कोरिया स्थानिय सरकारद्वारा मनोज चापागाई सम्मानित प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार २२:३२

 

सुनवल । दक्षिण कोरियाको खेङ्गिदो प्रान्तमा अवस्थित फ्यङ्गथेक नगरपालिकाले फ्यङ्गथेक माइग्रेन्ट सेन्टरद्वारा विश्व जनसंख्या दिवसको अवसरमा १४ मे आइतबार  आयोजित एक कार्यक्रमका बिच नवलपरासी सुनवल-४ निवासी मनोज चापागाईलाई सम्मान गरेको छ।

उनलाई फ्यङ्गथेक नगरपालिकाका बर्तमान मेयर छङ जाङ सनले सम्मान गर्नुभएको हो ।
बिगत ७ बर्षदेखी दक्षिण कोरियालाई कर्मथलो बनाउदै आउनुभएका चापागाईले कम्पनिको कामसगै बिदाको र फुर्सदको समयलाई फ्यङ्गथेकमा रहेको फ्यङ्गथेक प्रवासी मजदुर सहयोग केन्द्र, माइग्रेन्ट सेन्टरमा रहेर सेवा दिदै आउनुभएकाे छ।


नेपाल लगायत चाइना, थाइल्यान्ड कम्बोडिया, म्यानमार, भियतनाम, इन्डोनेसिया, रसिया , फिलिपिन्स जस्ता अन्यधेरै मुलुकहरुको सहभागी र सक्रियता रहदैआएको फ्यङथेक माइग्रेन्ट सेन्टरले दक्षिण कोरियामा बिदेसी मजदुरलाई आइपर्ने कानुनी समस्याहरुको समाधान,बिबिध कार्यक्रम र भाषाकक्षा सहित बिदेसी  मजदुरलाई थप शेवा दिदै आएको छ।

सन २०१६ अगस्तमा इपिएस मार्फत दक्षिण कोरिया प्रवेश गरेका चापागाई २०१७ देखि नै माइग्रेन्ट सेन्टरमा आबद्द हुनुभएकाे थियाे ।
माइग्रेन्ट सेन्टर, नेपाली कार्यसमितिमा रहेर उहाँले भाषागत समस्यामा परेका नेपाली श्रमिकहरुलाई दोभाषेको रुपमा पनि सहयोग पुर्याउदै आउनुभएकाे छ भने  नया श्रमिक कानुन र निति बनेमा वा बदलिएमा पनि अनबिज्ञ श्रमिकहरुलाई बुझाउदै आउनुभएकाे छ ।


कोरोनाको समयमा कोहि नेपाली भ्याक्सिन लगाउन नछुटुन भन्ने उद्देश्यले कम्पनिमै बसेर पनि सामाजिक सन्जाल मार्फत भ्याक्सिन बुकिङ सम्बन्धी जानकारी दिई उहाँले नेपालमा कोरोना परिक्षण कीट पठाउने अभियानमा पनि उल्लेखनिय भुमिका खेल्नुभएकाे थियाे ।

यसका साथै फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिमा सक्रिय रहेर दुतावासबाट प्रतिनिधि बोलाएर श्रम परामर्श, श्रमिकको तनाब कमगर्न हास्यब्यङ्ग्य कार्यक्रम, नेपाली नयाबर्ष तथा तिज दशै तिहार जस्ता पर्बहरुमा कार्यक्रमको आयोजना गरेर बिदेसी भुमिमा नेपाली कला र सस्कृतिको चिनारी दिदै नेपाली  दाजुभाइ दिदिबहिनीलाई मनोरन्जनात्मक कार्यक्रम पनि गर्दै आउनुभएकाे छ ।

कोरियामा आत्महत्या गरेर वा दुर्घटनामा परेर ज्यान गुमाएका नेपालिहरुको सव नेपाल पठाउने अभियान तथा उनिहरुले बिमार कम वा अन्य पाउनुपर्ने रकमहरुको निकासाका लागि पहल पनि गर्दै आउनुभएकाे छ ।

सन २०२१ देखि नेपाली समितिको अध्यक्ष रहनुभएका चापागाईले नेपालका विभिन्न आयोजना जस्तै कालिकोटको रास्कोट हस्पिटल निर्माणार्थ, धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित क्रीकेट रङ्गशाला बन्दै गर्दा पनि अभियानमा सरिक भएर सहयोग गर्नुभएकाे थियाे ।

नेपाली समितिको सहयोगमा काठमान्डौमा रहेको नेपाल कोरिया हेप्पी ड्रीम एनजिओ द्वारा नेपालका धेरै बिकट जिल्लाका बिद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि बितरण गरिदै आएको छ । nawalparasi khabar परिवार साथी मनाेज चापागाईंलाई धेरै -धेरै बधाई दिन चाहन्छौं ।