ताजा अपडेटः

भुमिहिन , सुकम्वासी र अव्यवस्थित वसोवासीहरुको जग्गा नापजाँच तथा पुर्जा वितरण गर्दै :- सुनवल नगरपालिका

भुमिहिन , सुकम्वासी र अव्यवस्थित वसोवासीहरुको जग्गा नापजाँच तथा पुर्जा वितरण गर्दै :- सुनवल नगरपालिका प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार १८:५०

कल्पना खरेल,नवलपरासी । सुनवल नगरपालिकामा वसोवास गर्ने भुमिहिन , सुकम्वासी र अव्यवस्थित वसोवासीहरुको जग्गा नापजाँच तथा पुर्जा वितरण कार्य अगाडि वढेको छ ।


जस अन्तर्गत आज सुनवल ५ वनकट्टीमा नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा भुमि आयोग नवलपरासीका अध्यक्ष देवराज भण्डारी , भविश्वर तिवारी, लक्ष्मी भुसाल , सुदर्शन खरवार , सुनवल नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले संयुक्त रुपमा भुमिहिनलाई जग्गा नापजाँचको निस्सा वितरण गर्नुभएकाे छ ।


साेहि क्रममा बाेल्दै नगरप्रमुख अर्यालले छिटाे भन्दा छिटाे सुनवल नगरपालिका भित्रका भूमिहीन,भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरूलाई पुर्जा वितरण कार्यमा सुनवल नगरपालिका पहिलाे हुनुपर्छ भन्ने मान्यता सहित स्थानीय सरकार अगाडि बढेकाे जिकिर गर्नुभयाे ।


साेहि कार्यलाई सफल बनाउन वडा समिति , नगर समिति संजाल निर्माण गरिएकाे समेत जानकारी गराउनुभएकाे थियाे ।
जेठ २ गते अर्थात भाेलिदेखि सुनवल नगरपालिकाका विभिन्न वडामा जग्गा नापजाँच कार्य अगाडि वढ्दैछ । नगरपालिका कार्यालय परिसरमा नगरको भुमि सम्बन्धि नियन्त्रण विन्दु राखि सहायक विन्दुहरु वडामा राखिने छन्।


निकट भविश्यमा नगरका सबै वडाका भुमिहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासिलाई भोगचलन गरि आएको जग्गा वितरणका लागि नाप नक्सा गरिने र छिट्टै पुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


साथै नगरप्रमुख अर्यालले सहजीकरण समिति, वडा जनप्रतिनिधि सबैलाई राखेर निस्सा अनुसारकाे क्षेत्रफल नापजाँच गर्ने क्रममा बिवादमा परेका जग्गा ननापिने हुदा साैहार्दपूर्ण वातावरण निर्माण गर्न आग्रह समेत गर्नुभयाे ।


कार्यक्रम वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Ads