ताजा अपडेटः

सुनवल नगर इसाई जवान सङ्गतीद्वारा एक वृद्व आश्रमलाई सहयाेग

सुनवल नगर इसाई जवान सङ्गतीद्वारा एक वृद्व आश्रमलाई सहयाेग प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार २१:३०

कल्पना खरेल,नवलपरासी । सुनवल नगर इसाई जवान सङ्गतीद्वारा सुनवलमा अवस्थित एक वृद्व आश्रममा आज खाद्यान्न,बिरुवा एवम् फलफूल लगाएतका सामान हस्तान्तरण गरिएकाे छ ।


सुनवल-१३ बडेरामा रहेको “पवित्र वृद्ध आश्रम ” मा सुनवल नगर इसाई जवान सङ्गतीका अध्यक्ष रोशन श्रेष्ठ द्वारा पवित्र वृद्ध आश्रम का अध्यक्ष टीकाराम पाण्डे ज्यूलाई साे सामान हस्तान्तरण गरिएकाे हाे ।


वृद्व आमाबुबालाई केही सहयाेग हाेस् भन्ने उदेश्य सहित करिब १९ हजार बराबरकाे समान हस्तान्तरण गरिएकाे अध्यक्ष राेसन श्रेष्ठले जानकारी दिनुभएकाे छ ।


साथै उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयाेग , समन्वय र सहकार्य गर्ने सम्पूर्णमा विषेश धन्यवाद दिदै फेरि -फेरि पनि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।



Ads