ताजा अपडेटः

प्रगति मा.वि सुनवल ९, स्वाठिले ६५ वर्षमा मनायो पहिलाे वार्षिकोत्सब

प्रगति मा.वि सुनवल ९, स्वाठिले ६५ वर्षमा मनायो पहिलाे वार्षिकोत्सब प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार २२:३६

कल्पना खरेल,नवलपरासी । प्रगति मा.वि. सुनवल ९ स्वाठिले स्थापना भएकाे ६५ वर्षमा पहिलाे पटक वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नजामुद्विन पठान ( समीर खान ) काे अध्यक्षता , लुम्बिनी प्रदेश सभाषद खड्क बस्नेतकाे प्रमुख आतिथ्यता तथा सुनवल नगरपालिकाकाे उपप्रमुख  सूर्य प्रसाद दुवेकाे विशिष्ट आतिथ्यतामा विद्यालयले लामाे इतिहासलाई ताेड्दै वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएकाे हाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा सभाषद बस्नेतले विकाशका क्षेत्रमा रकम माग गर्न सधै अग्रसर हुने हामी शिक्षा जस्ताे पवित्र क्षेत्रकाे विकाशका लागि रकम माग गर्न हिच्किचाउने प्रवृत्तिले शिक्षा क्षेत्र पछाडि परेकाे जिकिर गर्नुभयाे ।


साेहि क्रममा बस्नेतले परिवर्तन चाहनेहरू पहिला आफू परिवर्तन भएर देखाउनु आवश्यक रहेकाे उल्लेख गर्दै सत्यकाे लागि आवाज उठाउन रत्तिभर कमजाेर नहुन आग्रह गर्नुभयाे ।


त्यसैगरी कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि तथा नगर उपप्रमुख दुवेले हिजाेकाे नगरप्रमुख, उपप्रमुख त्यसैगरी लुम्बिनी  प्रदेश सांसद बस्नेतले शिक्षाकाे क्षेत्रमा गरेकाे अतुलनीय याेगदानले परिवर्तन सम्भव रहेकाे सत्य स्वकार गर्नुभयाे ।


उहाले नगरक्षेत्रकाे शिक्षाकाे सुधार र विकाशका पक्षमा नगरसरकाले सबेेैभन्दा बढि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रकम ल्याउन सफल भएकाे प्रष्ट पार्दै हरेक क्षेत्रमा दुरगामी साेचका साथ अगि बढेकाे समेत जिकिर गर्नुभयाे ।

पहिलाे बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएर हाे सायद सम्पूर्ण विद्यार्थी, अभिभावक , पूर्व व्यवस्थापक अध्यक्षहरू,पूर्व शिक्षकहरू, पूर्व जनप्रतिनिधि तथा वर्तमान  शिक्षक-शिक्षिका,जनप्रतिनिधि सबै खुसि र उत्साहि देखिएका थिए ।

साेहि क्रममै विद्यालयका प्राचार्य सुरेस प्रसाद चाैधरीले आफ्नाे आमा साउनी देवी चाैधरीकाे नाममा साउनिदेवी स्मृतिकाेषकाे नाममा ५० हजार राख्ने घाेषणा गर्नुभयाे । भने विद्यालयमा कार्यरत शिक्षक रमेश कुमार पाण्डेद्वारा प्रि प्राइमेरी लेबलका १० जना विद्यार्थीलाई पाेशाक दिने घाेषणा समेत गर्नुभयाे ।

आजकाे कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रध्यानध्यापकलाई सम्मान,नव आगन्तुक १ सय ६५ विद्यार्थीलाई स्वागत , २०७९ काे कक्षागत तथा तहगत पुस्कार वितरण, अतिरिक्त खेलमा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।

शिक्षिका प्रमिला नेपालीकाे स्वागत र शिक्षक बद्री कार्कीकाे संचालन रहेकाे कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरी , किसान संघ केन्द्रीय सदस्य माेहन कार्की लगायतले शभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे भने कार्यक्रम अवधिभर विचविचमा जातिय पहिरनमा भाईबहिनीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।



Ads