ताजा अपडेटः

आफ्नै देश नेपाल गएर मर्ने सपना अधुराे रह्याे बाजीकाे

आफ्नै देश नेपाल गएर मर्ने सपना अधुराे रह्याे बाजीकाे प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार १४:००

प्रदिप न्याैपाने,धनगढी । भारतबाट राेजगार  गरि नेपाल  फर्कने क्रममा धनगढी बाट नजिक  गाैरिफन्टा सिमा नाकामा आज  एक बृद्व व्यक्तिको मृत्यु भएकाे छ ।

लामाे समयदेखि दुवै मृगौला  पिडित डाेटि जिल्लाकाे शिखर नगरपालिका  पागरी गाउँका  ६० वर्षिय बाजी पार्किकाे घर फर्कने क्रममा बाटाेमै मृत्यु भएकाे हाे ।

हिजो भारतको तामिलनाडुबाट नेपाल फर्केका बाजि पार्की आफ्नो देश नपुग्दै मृत्यु भयो । उनी सगँ उनका दुई छोरा पनि साथमा रहेका थिए ।


लामाे समयदेखि दुवै मृगाैला पिडित बाजि, म त आफ्नै देश नेपाल जान्छु, आफ्नै गाउँघर गएरै बाकी जीवन कटाउन्छु र आफ्नै परिवारकाे काखमा मर्छु भनेर बाबाले सुनाउने गर्नुहुन्थ्याे तर  बाबाकाे सपना पूरा भएन भन्दै भक्कानिए उनका छाेरा ।

नेपाल भूमि नटेक्दै निधन भएका पार्कीकाे शव नेपाल पुर्याउने पैसा पनि नभएका कारण शव  र दुई छोरालाई साे क्षेत्रमा संचालित  नेपाली बिधुतिय अटाे चालकहरुले केही रकम जम्मा गरि सब नेपाल ल्याईएकाे धनगढीबाट नवलपरासी खबरका सम्बाददाता प्रदिप न्याैपानेले बताएका छन् ।

गौरीफन्टा त्रिनगर हेल्थ डेक्स सहयोगमा त्यो सब डोटी स्थित उनको गाउँ पागरी  पुर्याइएकाे छ भने  उनको निधन बिहान करिब १० बजे भएको थियो ।

उनी त प्रतिनिधि पात्र मात्र हुन् हजाराै नेपालीहरू भारतमा श्रम बेच्न बाध्य छन् भने दैनिक जस्ताे यस्ता घटनाहरू दाेहाेरिने गर्दछ ।



Ads