ताजा अपडेटः

रेडियाे सन्देश ८९.८ मेघाहर्जकाे आज भित्तेपात्राे विमाेचन

रेडियाे सन्देश ८९.८ मेघाहर्जकाे आज भित्तेपात्राे विमाेचन प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार २१:४८

कल्पना खरेल,सुनवल । रेडियाे सन्देश ८९.८ मेघाहर्जले आज एक कार्यक्रमकाे आयाेजना गर्दै २०८० सालकाे भित्तेपात्राे विमाेचन गरेकाे छ ।

सुनवल नगरपालिकाकाे संस्थापक अध्यक्ष एवम् यूवा व्यवसायी भिम बहादुर थापा भरतकाे प्रमुख आतिथ्यता एवम् उद्योग वाणिज्य संघ सुनवलकाे अध्यक्ष रमेश कर्माचार्यकाे विशिष्ट आतिथ्यतामा भएकाे भित्तेपात्राे बिमाेचन कार्यक्रममा सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुषाल लगाएत पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे।


कार्यक्रममा बाेल्दै प्रमुख अतिथि थापाले समाजलाई सचेत गराई सहि दिशानिर्देश गर्नु पत्रकारकाे पेशागत दायित्व भएकाले सत्य तत्थ्य र निश्पक्ष समाचार सम्प्रेषण गर्न कत्तिपनि विचलित हुन नहुने तर्क राख्नुभयाे ।


त्यसैगरी कार्यक्रममा बाेल्दै सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुषालले पत्रकारले समय सगै पेशालाई पनि परिस्कृत गर्दै लैजानुपर्नेमा जाेड दिनुभयाे ।


नवलपरासी खबरका संचालन तथा सुनवल प्रेस क्लबकाे उपाध्यक्ष कल्पना खरेलकाे संचालन रहेकाे कार्यक्रममा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य,सुरेश यादव लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम रेडियो सन्देश ८९.८ मेघाहर्जका अध्यक्ष नन्दु कवरकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।



Ads