ताजा अपडेटः

सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा १० औं वार्षिक साधारण सभा सम्पन्न  तथा छैटौं  अधिवेशन सुरू

सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा १० औं वार्षिक साधारण सभा सम्पन्न  तथा छैटौं  अधिवेशन सुरू प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार २१:२२

कल्पना खरेल,सुनवल । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यवहाक अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य  खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा  सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ भने छैटौं अधिवशेनको प्रक्रिया सुरु भएको छ ।


कार्यक्रमलाई सम्बाेधन गर्द‌ै प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतसले सत्य र यथार्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउदै आफ्नो कार्यकालमा सहयाेग गर्ने सम्पूर्णमा  सम्मान व्यक्त गर्नुभयाे ।


साेहि क्रममा  सुनवल नगरपालिकाकाे नगर उपप्रमुख सुर्य प्रसाद दुवेले  ५ हजार लिटर सम्म पानी खपत गर्ने उपभोक्तालाई नगरपालिकाले महशुल भुत्तानी गरिदिने चुनावी घोषणपत्रमा उल्लेख भएका बाचा पुरा गरेकाे बताउनुभयो ।


साथै  उपप्रमुख दुवेले नगरबासीकाे चाहनालाई परिपूर्ति गर्दै स्थायित्व ,समृद्धि र विकाशमा नगर सरकार सदैव कटिबद्ध रहेकाे समेत जिकिर गर्नुभयाे ।

यसैबीच  पुर्व नगरप्रमुख भिम बहादुर थापाले  सुनवलको समग्र  विकासका लागि सबेै राजनैतिक दल,स्थानिय सरकार र नगरबासी एकजुट भएर लाग्नुपर्नेमा जाेड दिनुभयाे ।

वि.स २०६५ सालमा रू ११ कराेड ८४ लाख ४६ हजार ५ सय ६२ लागतमा  स्थापना भई नेपाल सरकार खानेपानी मन्त्रालय मार्फत ३६ करोड ४० लाख ७७ हजार रुपौया वरावरको थप योजना स्विकृत गरी काम सुरु भएको यस संस्थामा सुनवल नगरपालिका भित्रका वडा नम्वर १,२,३,४,६ र १० मा गरी ४ हजार ४८ उपभोक्ता रहेको  कार्यवहाक अध्यक्ष वल वहादुर थापाले जानकारी दिनुभयो ।
संस्थाको आर्थिक गतिविधका वारेमा संस्थाका कोषाध्यक्ष तितली देवी पुनले प्रतिवेदन प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म विविध आम्दानी २ करोड २० लाख ३८ हजार र संचालन खर्च १ करोड २५ लाख ६३ हजार  घटाउदा ९४ लाख ७४ हजार बचत भएको बताउनुभयो । साथै उहाले आर्थिक वर्ष २०७९/०८० का लागी ३ करोड ६६ लाख ७९ हजार बराबरको अनुमानीत आयव्याय प्रस्ताव पेश गर्नुभएको थियो ।


उता लेखा प्रतिवेदन लेखा समिति संयोजक विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सदस्य धनमाया क्षेत्रीको स्वागत  र संस्थाका सचिव  हिमलाल पराजुलीको संचालन रहेकाे वार्षिक साधारण सभामा खानेपानी उपभोक्ता तथा सरसफाई लुम्विनी प्रदेश संयोजक थान प्रसाद गैरे, नेकपा एमाले नगर अध्यक्ष दुर्गा नारायण सुवेदी, अँधेरीखोला खानेपानीका अध्यक्ष बालकृष्ण भट्टराई, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, पुर्व लेखा समिति सदस्य प्रतिभा कार्कि, सुनवल नगरपालिका वडा नम्वर ४ का पुर्व वडाध्यक्ष विर बहादुर गुरुङ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।



Ads