ताजा अपडेटः

आज पूर्ण रूपमा सडेकाे लास फेला पर्याे

आज पूर्ण रूपमा सडेकाे लास फेला पर्याे प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार १८:४८

प्रदिप न्याैपाने, धनगढी । कैलाली जिल्लाकाे धनगढी उप-महानगरपालिका-३ मिलनचाेक स्थित एक घरमा आज बेवारिसे लाश फेला परेकाे छ ।

दिउसाे १२:४५ बजे साेहि ठाउँ बस्ने राजेन्द्र थलारीको भुई तले टिनले छाएको कच्ची घरमा जहाँ लामाे समयदेखि काेहि पनि बस्थेनन् उक्त घरबाट बेवारिसे लास फेला परेकाे हाे ।


झट्ट हेर्दा पुरुष मानिसको जस्तो देखिने सडेर गलेर अस्थिपन्जर मात्र बाकि रहेकाे अबस्थामा निलो ट्रेकसुटमा जस्तो देखिने कपडा सहित फेला परेको हाे ।


हेर्दा निकैनै डरलाग्दाे देखिने यस्ताे पूर्ण सडिसकेकाे अस्थिपन्जर लासलाई निजले लगाएको लुगाको आधारमा आफन्तले पहिचान गरेमा जिल्ला प्रहरी कार्यालय धनगढी तथा नजिकको प्रहरी चौकी मा सम्पर्क राख्न हुन अनुरोध गर्दछौ ।