ताजा अपडेटः

पराल लाेड गरेकाे ट्रकका एक्कासि लाग्याे आगाे

पराल लाेड गरेकाे ट्रकका एक्कासि लाग्याे आगाे प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार १०:३७

कल्पना खरेल,सुनवल । गएराति ८ बजे पश्चिम नवलपरासीको रामग्राम न.पा. १३ पाडाटिकर स्थित ना २ ख ९७४२ नं. को पराल लोड गरेको ट्रकमा बिजुलीको तारमा टच भई अचानक आगलागी भएको छ ।

सो आगोलागी बाट रु. २० हजार बराबरको पराल र ३ लाख ३० हजार बराबरको ट्रकको पछाडीको भागमा क्षती भई जम्मा अन्दाजी रु. ३ लाख ५० हजार बराबरको धनमालकाे क्षती भएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएको छ ।


आगलागीकाे घटना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट तत्काल प्रहरी सहायक निरीक्षक बशिष्ठ यादवको कमाण्डमा ५ जनाको टोली साे स्थान पुगेकाे थियाे ।


डिएसपी पाण्डेका अनुसार स्थानिय, प्रहरी र दमकलको सहयोगमा राति १० : ५ बजे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको थियाे ।
आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट अन्दाजी ४ कि.मि. पुर्व-उत्तर दुरीमा रहेको छ



Ads