ताजा अपडेटः

लागूऔषध विरुद्ध प्रशिक्षण

लागूऔषध विरुद्ध प्रशिक्षण प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार १७:५७

कल्पना खरेल,सुनवल । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज रमादेवी मिडिया प्रालि संगको सहकार्य र रामग्राम नगरपालिकाको आयोजनामा रामग्राम नगरपालिका वाड नम्बर १५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीमा लागूऔषध विरूद्वमा प्रशिक्षण प्रदान गरिएकाे छ ।


रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चाैधरी, वडाका १५ का वडाध्यक्ष र सो बिद्यालयका प्रध्यानाध्यापक लगायतका शिक्षक-शिक्षिका लगायतको उपस्थिती र स्थानीय संचारकर्मी समेतको सहभागितामाजिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे द्वारा उक्त प्रशिक्षण प्रदान गरिएको हाे ।


परीक्षणमा क्रममा लागू पदार्थ भनेको के हो ? युवाहरूलाई यसको कुलतमा लाग्न नदिन के कस्तो उपायहरु अपनाउन सकिन्छ र यो अपराधमा संलग्न उपर के कस्तो कानुनी सजाय हुन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।


सो कार्यक्रममा सोही विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत अन्दाजी ५० जना छात्र छात्राहरुको उपस्थिति रहेको थियो



Ads