ताजा अपडेटः

३ लाख भन्दा बढिकाे कपडा बरामद

३ लाख भन्दा बढिकाे कपडा बरामद प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार १७:५७

कल्पना खरेल,सनवल । आज दिउसाे २ बजे बिशेष सुचना आधारमा बर्दघाट न.पा. मा अवैध रुपमा भन्सार छली चोरी गरि ल्याएको करिब ३ लाख भन्दा बढीको अबैध कपडा बरामद गरेकाे छ ।

लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्र.ना.नि. मदन बस्याल र राजश्व अनुसन्धान बुटवल रुपन्देहीबाट राजश्व अधिकृतको कमाण्डमा खटिगएको संयुक्त टोलीले उक्त अबैध कपडा बरामद गरेकाे हाे ।

बर्दघाट न.पा.- ४ बस्ने  मिनादेवीको घरको सटरमा राखिएकाे सर्टिङ थान कपडा, १०३९ मिटर, रू.३ लाख १० हजार ६ सय ६१ बराबर र सुटिङ थान कपडा, १७२ मिटर, रू. ५१ हजार ४ सय २८ गरी जम्मा मुल्य रु. ३ लाख ६२ हजार ६ सय १६ बराबरको मूल्य रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

बरामद गरीएकाे कपडालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाईएको  समेत डिएसपी पाण्डेले बताउनुभयो ।
उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट  अन्दाजी १४ कि.मि. पुर्व  रहेकाे छ ।



Ads