ताजा अपडेटः

९ लाख भन्दा बढीको अवैध कपडा  बरामद

कल्पना खरेल
९ लाख भन्दा बढीको अवैध कपडा  बरामद प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार १६:३५

कल्पना खरेल,सुनवल । आज दिउँसो  अन्दाजी २ :०० बजे  बर्दघाट नगरपालिका वडा नम्बर २ स्थित  जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट  खटिएको गस्ती टोलीले ठूलाे मात्रामा  अवैध कपडा बरामद गरेकाे छ ।


विशेष सुचनाको आधारमा साे प्रहरी कार्यालबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएकाे गस्ती टाेलीले बेवारिसे अबस्थामा रहेकाे ९ लाख भन्दा बढीको  साे अवैध कपडा बरामद गरेकाे हाे ।


बरामद गरिएको कपडामा थान कपडा ३३ मिटर रु. ५,९४०,बराबरकाे,थानको कपडा ९६ मिटर रु. २४,००० बराबरकाे, कुर्ता सुरवाल १२० पिस रु. ७२,००० बराबरकाे, साडी ४९ पिस रु. ३४,३०० बराबरकाे , कलर टिसर्ट ४४० पिस रु. ३,०८,००० बराबरकाे, सादा टिसर्ट ८२४ पिस रु. ४,५३,२०० बराबरकाे , लेडिज टप्स ६६ पिस रु. ४९,५०० बराबरकाे गरि जम्मा अन्दाजी  मुल्य रु. ९,४६,९४० बराबरको रहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिइएको कपडालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर  पठाइएको  समेत डिएसपी पाण्डेले बताउनुभयाे ।


उक्त स्थान जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट अन्दाजी १४ कि.मि. पुर्व पर्ने र उक्त अवैध कपडा ओसारपसारमा संलग्न व्यक्तिको  खोज तलास तथा अन्य आवश्यक अनुसन्धान भइरहेको छ ।




Ads