ताजा अपडेटः

ट्रक र चिनी सहित ३८ लाख भन्दा बढि धनमाल नियन्त्रणमा

ट्रक र चिनी सहित ३८ लाख भन्दा बढि धनमाल नियन्त्रणमा प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार ०९:३७

कल्पना खरेल,सुनवल । विशेष सूचनाको आधारमा विहान ५:५० मा   बर्दघाट न.पा. ४ TCN चोक पश्चिम  नवलपरासीबाट ट्रक सहित १५ लाख ८५ हजार ५ सय मुल्य बराबरका् चिनी बरामद गरिएकाे छ ।

साे ठाउँ स्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नं. को ट्रकलाई  ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरीक्षक  विरेन्द्र के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा कागजपत्र शङ्कास्पद देखिएकोले उक्त ट्रक र चिनी बरामद गरेकाे हाे ।

ट्रक चालक जिल्ला सिराहा धनगढीमाई नगरपालिका १० बस्ने बर्ष अन्दाजी  ४८ का विरेन्द्र ठाकुरलाई पनि नियन्त्रणमा लिईएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

बरामद गरिएकोमा  चिनी ४२० बोरा ( २१,००० के.जि.)  प्रति के.जि. मुल्य रु. ७५.५ को दरले जम्मा मुल्य  रु. १५ लाख ८५ हजार ५ सय रहकाे र ना ६ ख २९०३ नं  को ट्रक, अन्दाजी मुल्य रु. २० लाख गरि जम्मा अं. मुल्य रु. ३५,  लाख ८५ अजार ५ सय बराबरको धनमाल रहेको डिएसपी पाण्डेकाे भनाई छ ।

बरामद गरिएकाे ट्रक र चिनीलाई आवश्यक कार्यको लागि राजश्व कार्यालय बुटवल पठाइएको छ ।



Ads