ताजा अपडेटः

लुम्बिनी प्रदेश छनोट प्रतियाेगितामा पश्चिम नवलपरासीका ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने

लुम्बिनी प्रदेश छनोट प्रतियाेगितामा पश्चिम नवलपरासीका ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार २२:३२

कल्पना खरेल, सुनवल । एक कार्यक्रमकाे आयाेजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले शुभकामना सहित विदाई गरेको छ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरीएकाे हाे ।


विदाई कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति प्रमुख भगौति यादवले नवलपरासी जिल्लाले थुप्रै राष्ट्रिय खेलाडिहरू उत्पादन गरेकाे बताउदै खेलाडीलाई जितकाे अग्रिम शुभकामना दिनुभएकाे थियाे ।

त्यसैगरी कार्यक्रममा बाेल्दै जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले यहि वैशाख १२ र १३ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको प्रदेश छनोटमा पश्चिम नवलपरासीबाट ७८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयाे ।


कार्यक्रम जिल्ला खेलकुद विकास समितिकि सदस्य कमला रानाको स्वागत तथा कार्यक्रम उपाध्यक्ष रमेश कर्माचर्याको संचालनमा सम्पन्न भएकाे हाे।



Ads