ताजा अपडेटः

देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिता सुरु

देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिता सुरु प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार १९:२९

बैशाख ९, रूपन्देही । रूपन्देहीको देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ । केबी डान्स स्टुडियोको आयोजनामा आज शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो ।

अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा अडिसनमा सहभागी हुन पाउनेछन् प्रत्येक राउनडमा छनोट हुँदै डान्स वर्कसप, मोडलिङ वर्कसप, फिल्मी वर्कसप, ट्यालेन्ट राउनड हुँदै फाइनलमा पुग्ने प्रतियोगिताका देवदहका संयोजक प्रकाश भण्डारीले जानकारी दिनुभयाे ।

केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले देवदहका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना हुन लागेको बताउनुभयाे ।

परियारले यस अघि पनि देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ सिजन एक भव्यताका साथ सम्पन्न गरेको जानकारी दिनुभयाे । उहाँले आफुहरूले देवदह मात्र हैन बुटवल, तिलोत्तमा, कपिलवस्तु, गुल्मी, लगायत देशका अन्य धेरै ठाउँहरूमा कार्यक्रम सम्पन्न गरेको बताउनुभएकाे छ ।

यसैगरी देवदहमा पनि सिजन २ भव्य रुपमा सम्पन्न हुनेमा ढुक्क रहेकाे बताउदै ‘देवदह ट्यालेन्ट हन्ट’ मा सहभागी हुन कुनै शुल्क नलाग्ने समेत उहाँले जानकारी दिनुभयाे ।

उता कार्यक्रम व्यवस्थापक तथा निर्देशक युडीन खड्गीले गायन, नृत्य, अभिनय,मोडलिङ विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने बताउनुभएकाे छ।

त्यसैगरी कार्यक्रममा उत्कृष्ट प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा, व्यक्तिको बिकाश तालिम, आत्मरक्षक तालिम, मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।

कार्यक्रमको निर्णायकमा कुसुम भण्डारी, युना राना पर्मिला पर्यार आकाश भण्डारी। अडिसनमा भाग लिन चाहनेले आयोजकसँग सम्पर्क गरि बैशाख १३ गते दोस्रो अडिसन राउण्डमा निशुल्क सहभागी हुन सक्ने कलाकार तथा मोडल अन्जु रसाइलीले जानकारी दिनुभयाे ।
सम्बन्धित विधामा विजेताले विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।



Ads